‘नेपालमा चीनको इन्टरनेट भारतको भन्दा तीव्र- भारतीय एकाधिकार समाप्त ’

आजदेखि  नेपाल–  २५ वर्षदेखिको ब्यान्डवीथ कनेक्सनमा भारतीय एकाधिकार समाप्त भएको र चीन इन्टरनेट  संजाल औपचारिकरुपमै जोडिएका  छ।  संचारमन्त्री मोहनबहादुर बस्नेतले कनेक्सनको प्राविधिक उद्घाटन गरेका हुन्।  टेलिकमले चिनियाँ कम्पनी चाइना टेलिकम ग्लोबलबाट आजदेखि ब्यान्डवीथ कनेक्सन ल्याएको छ। चाइना टेलिकमका प्रतिनिधिहरु, नेपालका लागि चिनियाँ राजदुत र उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा प्राविधिक उद्घाटन गरिएको थियो।  hons_ long shape

चिनियाँ स्थलमार्ग हुँदै हङकङमा रहेको सर्भरबाट वितरण भएको व्यान्डवीथ नेपाल टेलिकमको रसुवागढी केरुङ फाइबर मार्गबाट आउने छ। सन् २००३ मा तत्कालीन सरकारले अरनिको राजमार्ग हुँदै कनेक्सन ल्याउन सम्झौता गरेको थियो। सोहीअनुसार १५५ किलोमिटर फाइबर पनि सन् २००८ मै सम्पन्न भएको थियो।  हाल भारतका कम्पनीमार्फत भैरहवा, विरगंज र विराटनगरबाटमात्र ब्यान्डवीथ ल्याइरहेको थियो। टेलिकमले अहिले भारतबाट करिब २५ जिबिपिएस ब्यान्डवीथ ल्याएको छ।  यो दुई देशवीचको कनेक्सनमा कोशेढुंगा सावित भएको सरोकारावालाहरुले बताएका छन्। लामो समयदेखिको प्रयास सफल भएको र यसले दीर्घकालिन सम्बन्ध, व्यापार, प्रविधिको आदानप्रदानमा उल्लेख्य भुमिका खेल्ने संचारमन्त्री बस्नेतको भनाइ छ।  त्यसपछि सन् २०११ मा फेरि नेपाल टेलिकम र तत्कालिन चाइना टेलिकम्युनिकेशन कर्पोरेशनबीच कनेक्सन ल्याउने सैद्धान्तिक सहमति पनि सन् २०१३ मा सम्झौता भएर काम भएपनि भूकम्पले क्षति पुर्याएपछि बैकल्पिक मार्गको रुपमा केरुङ रसुवागढी अगाडिमा पूर्वाधार निर्माण थालनी गरिएको थियो।Nepal-China-Crossborder-Optical-Fiber-Link-3-1024x684

Spread the love