छाउपडी प्रथाविरुद्ध अभियानको थालनी

chau padi in nepal

दि पावर न्युज डट कम, सम्वाद दाता:  पश्चिमका जिल्लाहरुको अभिशापकोरुपमा लिइएको छाउपडीविरुद्ध अभियानको थालनी भएको पनि बर्षौ वितिसक्यो । नेपालको सुदुर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा बिषेश गरी कुप्रथाकोरुपमा जरो गाडेको छाउपडी प्रथाले गर्दा महिला, किशोरीहरु ४ दिन देखि ७ दिन सम्म छाउ भएको बेला छुट्टै गोठमा वा ओडारमा बस्नु पर्ने बाध्यता रहदै आएको छ । कुप्रथालाई हटाउन मुगुमा पनि अभियानको थालनी भएको छ ।  सन २०१७ सम्म मुगुलाई छाउपडी मुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले मुगुमा विशेष गरी ग्रामीण बस्ती, टोलटोल र सदरमुकाम गमगढी बजारमा अभियान नै छेडिएको छ । कुुुप्रथालाई हटाउन सरकारले संविधानत व्यवस्था गरेको छाउपडी प्रथा उन्मुलन निर्देशिका अनुसार मुगुमा अभियान तीब्र पारिएको छ । छुई भएको समयमा उनीहरुलाई गाई भैसी भन्दा तल्लो दर्जामा राख्ने ,खानेकुराहरु दुध दही माछा मासु ,लगायत पोषिलो भिटामिनयुक्त खानेकुरा नदिने घर भित्र राख्दा देबी देउता रिसाउने दुध दही खादा गाई भैसी बहुलाउने ,छाउ भएको बेला तरकारी बारी ,फलफुल बारीका काम गर्न जादा छुई हुने भई तरकारी फलफूल कुहिने अन्धविश्वासले सबै स्थान बर्जित गरिएको हुन्छ ।  धार्मिक मान्यताका आधारमा ३४८ घरधुरी, परम्परागत चलन २५४ घरधुरी ,समुदायमा नकारात्मक सोच ३३ घर धुरी र अन्य बिभिन्न कारण ८ घरधुरी देखिएकोले मुगुमा छाउपडी प्रथाले जरो गाडेको निष्कर्ष ती संस्थाहरुको छ ।

Spread the love