देशैभरि आन्दोलनको संकेत – ‘अस्थायी राजधानी काठमाडौं ’

२३ पुस, काठमाडौं :सोमबार बस्ने मन्त्रिपरिषद बैठकबाट ७ प्रदेशका प्रदेश प्रमुख नियुक्त हुने छ । सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै देशका कम्तिमा ७ जिल्लामा आन्दोलन भइरहेको छ ।   देशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ ।  चुनावबाट बहुमत पाएको बामपन्थी गठबन्धन असहिष्णु ढंगले प्रस्तुत भएको र प्रदेशको अस्थायी केन्द्र तोकेपछि असन्तुष्ट भेगको आक्रोशमा खेल्ने कोशिस गरेकाले सरकारले अस्थायी राजधानी नतोकी काठमाडौंमै सपथग्रहण  गराउने बताएको छ ।  प्रदेश सांसदको सपथग्रहण नगरी कुनै पनि काम अघि नबढ्ने भएकाले प्रदेश प्रमखुको नियुक्ति पहिलो प्राथमिकता रहेको  छ ।  जताततै प्रदेश राजधानीको आन्दोलनको आगो चर्किएका बेला सरकार आगोमा घिउ थप्ने  काम गारेको हो । प्रदेश प्रमुख नियुक्ति गर्न सकेसम्म निर्विवाद र भोलिको बामपन्थी सरकारले समेत हटाउन नसक्ने खालका अनुहार खोजिने बताएको छ ।

Spread the love