केन्द्रीय बैंकले बजारबाट २ अर्ब उठाउँदै

एउटा बैंकले अर्को बैंकसँग स्वतन्त्र कारोबार गर्न पाउने अन्तर बैंक व्याजदर हिजो २ दशमलव ९७ प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले २ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ । बैंकर्स एसोसिएसनले भने बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या नभएपनि लगानीयोग्य रकम कम भएको बताउँदै आएको छ ।अन्तर बैंक व्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि नेपाल राष्ट्र बैंकले बजारबाट आज २ अर्ब रुपैयाँ उठाउने भएको हो ।  अन्तरबैंक दर ३ प्रतिशतबाट तल झर्नुको अर्थ बजारमा अधिक तरलता पर्याप्त रहनु रहेको छ ।

Spread the love