भक्तपुर जिल्लाभरि टोलटोलमा सीसी क्यामरा जडान

1446637019_cctv-camera.jpg November 4, 2015 136 kB 650 × 450 Edit Image Delete Permanently URL

भक्तपुर, १८ कात्तिक – महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाभरि नै आजदेखि घरदैलो अभियान सुरु गरेको छ ।  “चाडपर्वको बेलामा हुने चोरी, डकैती, लुटपाट, मदिरा बिक्री वितरण, पटका बिक्री वितरण, जुवातास खेल्ने खेलाउने कार्य रोक्न शुभकामनासहितको घरदैलो अभियान सुरु गरेका हौँ ।” परिसरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले तिहार, नेपाल सम्बत् र छठ पर्वमा हुनसक्ने अपराध न्यूनीकरणका लागि घरदैलो अभियान सुरु गरेको जानकारी दिनुभयो । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले तिहार, नेपाल सम्बत र छठ पर्वमा ६१३ जना प्रहरी परिचालन गरी गस्ती गर्ने, प्रहरीको रात्रिकालीन एम्बुस थाप्ने, सादा पोसाकका प्रहरी परिचालन गर्ने, पेट्रोलिङ गर्ने बताउनुभयो ।रासस

Spread the love