ब्यापारी अरबिन्द शाहको छोरी बेपत्ता

 भरतसन्तोषी,काठमाडौ : महाबौधका ब्यापारी अरबिन्द शाहकी छोरी आरोही कुमारी शाह बेपत्ता भएकी छिन।श्रीमती रन्जुदेवी शाह र अरबिन्द शाहकी ५ वर्षीय छोरी आरोही आफ्नै कोठा महाबौध मसान गल्लीबाट बेपत्ता भएकी हुन। गत दुई सातादेखि हराईरहेकी आरोहीको परिवारजन अत्यन्तै दुखित मुद्रामा खोजीमा भौतारिरहेका छन। बिरगंज महानगर-१६ रानीघाट स्थायी घर भएका शाह परिवार आरोहीको चिन्तामा रातभर सुत्न सकेका छैनन्।श्रिङ्गार तथा लत्ताकपडाका अब्बल व्यवसायी अरबिन्दले भने´हामीले पुलिस प्रशासन मार्फत जतासुकै खोजि गर्यौ तर पत्ता लागेन`। प्रहरी बिट जनसेवा बिशालनगरले दिनरात प्रहरी प्रशासन पनि खोजीमा लागीरहेको बतायो। पाउनुहुने तथा देख्नुहुने महानुभावले नजिकैको प्रहरी केन्द्रमा तथा आरोहीका बुवा अरबिन्द शाहलाई ९८१३७८३२०१मा  तथा ९८४०१८७२९६ मा द पावर न्युज डट कम कार्यलयमा सम्पर्क गराउनुहुन अनुरोध गरिन्छ , 

 

Type a message…
Spread the love