गोरुजात्रा माघ १ गते, २८ हल गोरु जुधाइँदै

दिपक न्यौपाने, काठमाडौ : जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने  भएको छ ।  नुवाकोटमा यो वर्षको माघे संक्रान्तिमा २८ हल गोरु जुधाइने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे संक्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् । गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट ०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जान सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकोमा त्यो दिन भने दिनभर नै खुला गराउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले मिलाइएको छ ।

Spread the love