पाल्पामा जीप दुर्घटना – ५ को मृत्यु, ४ घाइते

पाल्पा : पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका वडा नंं ८ की ३३ वर्षीय यानिसर गाँहा, बुमाकुमारी दर्लामी,  रेवतबहादुर जि.सी., कुनिसरा रुचाल र जिपचालक २० वर्षीय वीरेन्द्र राना रहेको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए को छ।   माथाँगढी ८ कै ४० वर्षीय सुरेन्द्र मश्राङ्गी, ४० वर्षीय देव सिंह राना, २६ वर्षिया शान्ता रुचाल र उनकी ३ वर्षीया छोरी घाइते जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आफैँ अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल खस्दा जीप दुर्घटना भएको बताइएको छ ।

Spread the love