मोटरसाइकल दुर्घटना

बुधबार राति बालाजुमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नुवाकोट बेलकोट  घर भएका २१ बर्षीय सुनिल पुडासैनीको मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार कलंकी बस्ने नुवाकोट बेलकोट गढी ५ का नवराज मुडभरी दुर्घटनामा घाइते भएका छन्।

 

Spread the love