राष्ट्रिय सभामा सभासद बिच झगडा

bicc in nepal

८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसदहरु बिच राष्ट्रियसभा बैठकमा मंगलबार झगडा देखियो ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे । सांसदहरुलाई बस्न आग्रह गर्दै गर्दागदै   लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन सुरु भयो । जबरजस्ती सदन रोक्न पाइदैन भन्ने अभिव्यक्ति राखेपछि  त्यसलाई रोक्न नहुने भन्दै तत्काल कार्यसूचीमा प्रवेश गर्न माग गरे । अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरु बोलिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफूले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलीलाई स्मरण गराए । होहल्ला र भनाभन भैरहेपछि  अध्यक्षले बैठक साउन ९ गते बुधबार विहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।

Spread the love