नेपाल भारतको प्रगाढ सम्बन्धको बारे राष्ट्रपति भण्डारी बीच भेटवार्ता

काठमाडौं  : भेटवार्ता नेपाल भारतको प्रगाढ सम्बन्धको बारे छलफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा  रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच  राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।  नेपाल भ्रमणमा आएका मोदी जनकपुमा जानकी मन्दिरको दर्शन र नागरिक अभिन्नदन समारोहमा सहभागी  भएर दिउँसो साढे तीनबजे काठमाडौं आएका हुन्।  भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय चासोका बारेमा छलफल भएको छ । मोदी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । मोदी र ओलीबीच अहिले बत्तीसपुतलिस्थित द्वारिका होटलमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान वार्ता भइरहेको छ ।

Spread the love