चुनावलाई हिंसात्मक नबनाउन बाम गठबन्धनको अनुरोध

भरतसन्तोषी,नुवाकोट :प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा घटेका हिंसात्मक घटनाप्रति बाम गठबन्धन नुवाकोटले गम्भीर ध्यानाकर्षण तथा दुख व्यक्त गरेको छ।आज एक संयुक्त प्रेस बिज्ञप्ती मार्फत गठबन्धनले दुख व्यक्त गरेको हो। बिज्ञप्ती मार्फत यदाकदा घटेका हिंसात्मक घटनालाई लिएर विपक्ष नेपाली काङ्ग्रेसले गठबन्धनलाई जिम्मेवार बनाएकोमा खेद प्रकट गरेको छ।हाम्रो पक्षमा जनलहर उर्लदो छ।प्रेस बिज्ञप्तीमा भनिएको छ।यस्ता आपराधिक घटनाहरु निर्वाचनको वातावरण बिरोधि,संविधान कार्यनयन हुन नदिने र देशलाई अन्धकार तर्फ धकेल्न खोज्ने कुत्सित नियत भएकाहरुद्वारा अभिप्रेरित भएको पनि स्पष्ट पारेको छ। ककनीमा मंसिर १ गते घटाइएको आपराधिक घटनामा बामको कुनै संलग्नता नरहेको र यस्ता आपराधिक क्रियामा संलग्नता नरहने पनि स्पष्ट उल्लेख गरेको छ।नुवाकोट बाम गठबन्धनका निर्वाचन क्षेत्र न १ प्रदेश न ख नुवाकोटको उमेदवार बद्री मैनाली र बाम गठबन्धन प्रतिनिधि सभा क्षेत्र न १ उमेदवार हित बहादुर तामाङद्वारा संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्ती मार्फत बाम गठबन्धनको उर्लदो जनलहरको पनि प्रसम्सा गरिएको छ।bam gathbandan election

Spread the love