बेल्जियमलाई १ गोल – फ्रान्स विश्वकप फाइनलमा

एजेन्सी :  रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै नायक बनेका छन्। उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । अत्यन्त रोमान्चक खेलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।  खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने बराबरी गोल फर्काउन चुक्यो । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । एकपछि अर्को प्रहार गरेको बेल्जियमले गोल गर्न नसकेपछि प्रान्स फाइनलमा प्रवेशको ढोका खुल्यो ।  यसअघि पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । रसियाको सेन्ट पिटर्सबर्गमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए । खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए ।
Spread the love