बैतडीमा बाढीले बगाउँदा आमाछोरीको मृत्यु

बैतडी :  साँझ ५ः३० बजे बैतडीमा भिषण वर्षा भएको थियो। बैतडीको दशरथ चन्द नगररपालीका ६ सुकुट्टी भन्ने स्थानमा बुधबार साढे पाँच बजेतिर नुहाउँदै गरेका आमाछोरीको भलले बगाएर मृत्यु भएको छ। सुकुट्टीका मदनराम महरकी २४ बर्षीया सुनिता महर र ६ बर्षीया छोरी करिश्माको भलले बगाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।  बैतडीमा नुहाउँदै गरेका आमा छोरीलाई खहरे खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो।

Spread the love