स्याउभन्दा गोलभेंडा महंगो !

२२ कात्तिक, काठमाडौं : सामान्य अवस्थामा  काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । अहिले बजारमा स्याउ भन्दा गोलभेँडा महंगो भएको छ ।  आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो ।  कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका   अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो ।

तरकारीको मूल्य घटबढ भइरहन्छ । केही तरकारीले त मूल्यमा रेकर्ड नै राखे’ श्रेष्ठले भने, ‘ मूल्य दैनिक रुपमा घट्ने/बढ्ने हुनुपर्ने हो तर, यो पटक बढेको बढ्यैछ । तिहार अघिदेखि महंगो भएको तरकारीको मूल्य अझै घटेको छैन । ‘ कालिमाटी बजारमा गोलभेँडाको खुद्रा मूल्य किलोको १२० रुपैयाँ पुगेको छ । खुद्रामा एक सय ५० सम्ममा बिक्री भइरहेको छ  कालिमाटी बजारमै मूल्य उच्च भएपछि खुद्रा बजारमा मूल्य अनियन्त्रित बनेको छ । सेतो आलुको मूल्य किलोको ७० रुपैयाँ रहेको कालीमाटी बजारमा काउलीको मूल्य ११० रुपैयाँ पुगेको छ । कालिमाटीमा बोडी र मटरकोशा किलोको १३० रुपैयाँ पुगेको छ । हरियो प्याज १४० रुपैयाँ प्रतिकेजी छ । कालिमाटी बजारमा च्याउ किलोको २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

Spread the love