अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द

नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले  अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिनुभयो । स्रोत : news24nepal

Spread the love