विमान दुर्घटना: मृतकका आफन्तहरुप्रति समवेदना

२८ फागुन, काठमाडौं : बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको छ । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु भएको विमान  दुर्घटना भएको छ । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ पालसहित ४९ जनाको मृत्यु भएको छ । दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।

चालक दलका ४ सदस्य थिए । नका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् । गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशह नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

घाइते नेपाली नागरिक

केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु

दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी

दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा

किशोर त्रिपाठी, ग्राण्डी अस्पताल

हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल

विनोद पौडेल, ग्राण्डी अस्पताल

वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली

आशिष रञ्जित नर्भिक

सनम शाक्य, नर्भिक

प्रिन्सी धामी,  केएमसी

सबिना व्यञ्जनकार, केएमसी

Spread the love