धादिङ — मुग्लिनबाट काठमाडौं आउदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट गौर जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किँदा २ को मृत्यु भएको छ । ट्रक चालक ललितपुर निवासी ३२ वर्षीय मनोज डंगोलको घटनास्थलमै मृत्यु भएको छ र बसमा यात्रु गर्ने अन्दाजी १२ वर्षीया बालिकाको पनि मृत्यु भएको छ । उक्त दुर्घटनामा थप ५ जना पनि गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।