राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमा दुर्घटना भएको छ । बस दुर्घटनामा परि १६ जना यात्रू घाइते भएको छ घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ । गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।