कुखुरे भ्यानले ठक्कर दिँदा किशोरीको मृत्यु

कुखुरा बोक्ने भ्यानको ठक्करबाट दाङको बिजौरीमा एक किशोरीको मृत्यु भएको छ ।  घोराहीबाट तुलसीपुर जाँदै गरेको लु१च४६३६ नम्बरको कुखुरे भ्यानले ठक्कर दिँदा तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी निवासी १६ बर्षकी पुजा नेपालीको मृत्यु भएको हो ।किशोरीलाई ठक्कर दिए लगत्तै राप्ती अञ्चल अस्पताल लगिएपनि उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 

 

https://www.youtube.com/watch?v=LENoWWcMHeA

Spread the love