यो बर्षकै सब भन्दा ठुलो म्युजिकल कार्यक्रम न्यूयोर्क मा

नयाँ बर्ष २०७५ लाई नेपाली समुदाय ले न्युयोर्कमा स्वागत गर्ने भएका छन ।”कला,संस्कृति हाम्रो पहिचान, नेपाल चीनाउने हाम्रो अभियान” भन्ने मुल उद्देश्य का साथ नेपाल का ख्याति प्राप्त कलाकार हरूले मनोरंजन दिने भएका छन। नेपाली कला सस्कृति हाम्रो पहिचान, प्रवासमा नेपाल चिनाउने हाम्रो अभियान भन्ने मुल उद्देश्य सहित नेपालीहरुको नयाँ बर्ष २०७५ लाई नेपाली मौलिक पारामा स्वागत गर्न न्युयोर्कमा यस बर्षकै ठुलो सांगीतिक कार्यक्रम हुँदैछ ।

अप्रिल १३ तारिख शुक्रवार न्युयोर्कको ज्याक्सन हाइट्सको 72-11 Roosevelt Avenue, Queens, NY 11372 मा हूने भएको को सो सांगितिक साँझ मा गायक निमा रुम्वा, राजु लामा, गायिका सिने गुरुंग, लोक गायिका सुनिता दुलाल, चर्चित गायकहरु सुनिल उप्रेती, हरिश माथेमा, राजेश खड्की,बिजय नेपाल लगायतले बेजोड प्रस्तुति दिने कार्यक्रमका संयोजक विश्व बहादुर शाह ले बताएका छन।

नेपाली बीच शूभकामना आदान- प्रदान गर्ने अभिप्राय ले कार्यक्रमको आयोजना गरिएको सो सांस्कृतिक साँझ का लागि अग्रिम टिक ३५ डलर निर्धारण गरिएको छ भने प्रवेशद्धारमा खरिद गर्न चाहनेले ४० डलर भुक्तानी गर्नुपर्नेछ ।संगीतपारखी हरू को सजिलो का लागी हिमालयन याक, हिमालयन कलेक्सन (डिजी प्लस), केशव राम राई, थकाली न्यु इयर इभ २०७५ को सर्वसुलभ किचेन, नेपाली कलेक्सन (रवि गौतम), राजकुमार बिष्ट, उज्ज्वल राणा, राजेश गुरुंग, नमस्ते नेपाल रेष्टुरेन्ट (मालिंगो) र लाली गुराँस रेष्टुरेन्टमा चौविसै घण्टा टिकट उपलब्ध रहेको शाहले जानकारी दिएका छन।

सबै नेपाली समुदायलाई उक्त सांगितिक कार्यक्रमलाई सफल बनाउन अनुरोधगर्दै, नेपाली, नेपाली बीच को एकतालाई अझ मजबूत बनाऊँन, नयाँ वर्ष २०७५ लाई स्वागत तथा शूभकामना आदान-प्रदान गर्न राम्रो अवसर मिल्ने समेत बताए।बेलूका ८ देखी राती २ बजे सम्म कलाकारहरूले भरपुर मनोरंजन दिने आयोजक ले बताएका छन

सयौं संगीतप्रेमीको उपस्थिती रहने अनुमान गरिएको उक्त सांगीतिक कार्यक्रममा नेपाली लगायत दक्षिण एशियाली समुदायको समेत सहभागिता रहने अनुमान गरिएको छ ।आयोजकले कार्यक्रममा लाइभ ब्याण्ड, डिजे परफमेन्स तथा केही सरप्राइज प्याकेज समेत समावेश गरिएको बताएका छन् ।

Source: Khasokhas 

Spread the love