पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ। खानमाथि प्रधानमन्त्री भएका बेलामा वासिङ्टनस्थित पाकिस्तानका राजदूतले इस्लामाबाद पठाएको गोप्य कूटनीतिक पत्र चुहावटको भएको आरोप लगाइएको छ। साइफर घटना भनेर चिनिने उक्त मामिलामा खानलाई कूटनीतिक पत्र आफ्नो साथमा राखेको र त्यसलाई सार्वजनिक पनि गरेको आरोप लागेको छ। अभियोजनकर्ताहरूले खानको कार्यले गोप्य कागजात चुहावट गरिनुका साथै कूटनीतिक सम्बन्धलाई क्षति पुर्‍याएको आरोप लगाएका छन्। उक्त मुद्दा वाशिङ्टन र इस्लामाबादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए।

वैदिक विधिद्वारा सनातनी रामा पुस्तक लोकार्पण

पिल्ग्रिम्स पब्लिकेशनका संस्थापक रामानादा तिवारीको आध्यात्मिक जीवन तथा चेतनामा आधारित पुस्तक “सनातनी रामा ” सोमबार लोकार्पण गरिएको छ।पिल्ग्रिम्स बुक,हाउस,काठमाण्डौद्वारा आयोजित धार्मिक समारोह विच भारतको अयोध्यामा निर्मित श्री राम मन्दिरको प्राण प्रतिष्ठाकै मुहूर्तमा पुस्तक लोकार्पण गरिएको हो। वेदमन्त्र वाचन गर्दै नेपाली लोक बाजा संग्राहलयका संस्थापक अध्यक्ष राम प्रसाद कंडेल सहितका ब्राह्मणद्वारा सामूहिक शंखध्वनीका साथ पुष्प बृ शती गराई फरक विधिद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो। वक्ताहरूले अयोध्यामा राम मन्दिर स्थापना गरिएको प्रसङ्ग जोड्दै धर्म र अध्यात्मले नै अवको समय र परिस्थितिलाई सन्तुलनमा ल्याउन सक्ने हुँदा वौद्धिक जमातले यस विषयलाई विचार सम्प्रेषण र लेखनको माध्यमबाट उजागर गर्नुपर्ने जोड दिनुभयो। प्रमुख अतिथि विश्व धर्म संसदका विश्वशान्ति दूत संहिता शास्त्री अर्जुनप्रसाद बास्तोलाले अध्यात्मले संसारलाई जोड्न सक्ने हुनाले शान्ति र सदभावका लागि आध्यात्मिक विचारलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो। विशेष अतिथि पूर्व उपराष्ट्रपति परमान्द झाले धर्म दर्शनका विषयलाई पुस्तकले आम पाठक विच विचार सम्प्रेषण गर्न मद्दत गर्ने कुरामा जोड दिनुभयो। हिन्दू विद्यापीठका प्राचार्य /आध्यात्मिक वक्ता डा चिन्तामणि योगीले धर्म शास्त्रले मानव समुदायको कल्याणको बाटो देखाएकाले शास्त्रका गहन विचारलाई आत्मसात गरेर अघि बढ्न सके मानव तथा विश्व कल्याण हुने बताउनुभयो। लिटल एन्जल कलेज अफ म्यानेजमेन्टका प्राचार्य साहित्यकार डा मित्रबन्धु पौडेलले पुस्तक भित्रका रहस्य खोल्दै जीवन,चेतना,अनुभव र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास भएको र अंग्रेजी भाषामै लेखिएको पुस्तक भएकाले विश्वभरिकै आध्यात्मिक पाठकलाई पुस्तकले समेट्ने वताउनुभयो। लेखक वेवेकानन्द झाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाकै समयमा पुस्तक विमोचन हुन पाउनु गौरवको विषय हो भन्दै पुस्तकमा व्यक्ति परिचय भन्दा पनि चरित्र र व्यक्तित्वलाई बढी महत्व दिएर लेख्ने प्रयास भएको जानकारी गराउनुभयो। पिल्ग्रिम्सका संस्थापक आध्यात्मिक व्यक्तित्व सनातनी रामाले साहित्य र अध्यात्म संसारलाई जोढ्ने विषय भएकाले आफूले आध्यात्मिक तथा धार्मिक पुस्तकको प्रवर्द्धनलाई जोड दिएको बताउनुभयो। धार्मिक,आध्यात्मिक,संचार,शिक्षा क्षेत्रका क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा पिल्ग्रिम्स बुक काठमाण्डौकी संचालिका एलिजावेथले स्वागत मन्तब्य दिनुभएको थियो भने पूर्व नेपाल सदिक्षा श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो।

तारकेश्वर महादेव धामका पिठाधिश श्री श्रिनाथ बाबा ब्रम्हलिनमा

तारकेश्वर महादेव मन्दिरका श्रिनाथ बाबाको दुःखद् निधन– हार्दिक श्रद्घाञ्जली  २०८०-१०-०८ गते एकादशीको दिन तारकेश्वर महादेव धामका पिठाधिश श्री श्रिनाथ बाबा ब्रम्हलिन हुनुभएको छ। यस दुखद घडिमा बाबा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न नगर प्रमुख कृष्ण हरि महर्जन, नगर उप प्रमुख सिर्जना बुर्लाकोटी, ता.न.पा. वडा नम्बर ३ का वडाध्यक्ष परशुराम अर्याल लगायत स्थानिय बासिन्दा पुग्नुभयो ।श्रीनाथ बाबा प्रति हार्दिक श्रद्धाञ्जली ।।

पौराणिक तारकेश्वर महादेव मन्दिरमा शिव महापुराण – २०८०

काठमाडौ : सुरम्य शिवपुरी पर्वतको काखमा रहेको तारकेश्वर महादेव मन्दिर हिन्दु धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । स्कन्दपुराणको श्री स्वस्थानीव्रतकथामा वर्णन भएअनुसार सतीदेविको दाहिना तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्नभई शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ । यस स्थानमा लक्ष्मीले तपस्या गरेका कारण यहाँ कुनै पनि अनिकाल नहुने जन विश्वास छ भने असार महिनामा खडेरी पर्दा तारकेश्वर महादेवको रुदी, हवन पूजा गरेर पानी माग्दा वर्षा हुने गरेको बिश्वास छ । पौराणीक कालमा दानवसंग युद्घ गर्ने देवगणले महादेबको प्रार्थाना गरी हातहतियार र सिद्घि प्राप्त गरेका कारण पुजाअर्चना एवंम् जपतप गर्दा मनोकाङ्क्षा समेत पुरा हुने बिश्वास रहेको पाईन्छ । त्यस्तै, पहिलेपहिले स्थानीयले धार्मिक कार्यका लागि भाडाँकुडा माग्दा प्राप्तहुने गरेको लोकोक्ति पनि जोडिएको पाईन्छ । त्यसैले, यस महादेव मन्दिरका साथै नगरभित्रका अन्य धार्मिक तथा साँस्कृतिक मठमन्दिर र पर्यटकीय स्थलहरुको स्वदेश तथा विदेशमा प्रचार प्रसारका साथै प्रवद्र्घन गर्नै मुल उदेश्यले तारकेश्वर नगरपालिका द्घारा यस पौराणिक तारकेश्वर महादैव मन्दिर शिव महापुराण २०८० आयोजना गरिएको हो ।

शिव महापुराण – २०८० माघ ११ गते बिहिबार देखि माघ २३ गते मंगलबार सम्म तारकेश्वर नगरपालिका वडा नं ३, मा रहेको तारकेश्वर महादेश मन्दिरमा संचालन हुन गैरहेको व्यहोरा सबैमा जानकारी गराई सो कार्यक्रमा सम्पुर्ण महानुभाबहरुलाई सादर निमन्त्रण गरिएको छ ।  शिवपुराण वाचक श्री गुरु नारायण चतुव्र्यूहज्यू को मुखारबिन्दबाट कथा वाचन हुने विराट ज्ञानमहायज्ञमा सबैलाई उपस्थितिका लागि सादर निमन्णा गरिएको छ ।

 

मेलम्चीको पानी वितरणको शुभारम्भु पाँचौ पल्ट

‘उद्घाटन गर्दा गर्दा बरु बजारको रिबन सकिएला तर मेलम्चीको उद्घाटन सकिँदैन’ प्रधानमन्त्रीले सोमवार उद्घाटन गरेको मेलम्चीको पानी वितरण अर्को वर्ष पनि यसरी नै गर्नुपर्ने अवस्था आउन सक्ने छन्। काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पनि प्रधानमन्त्रीले यसअघि चार पटक उद्घाटन भइसकेको मेलम्चीको पाचौँ पटक उद्घाटन गरेको भन्दै व्यङ्ग्य गरेका छन्। धानमन्त्रीले यो पटक गरेको ‘शुभारम्भ’ सँगै मेलम्चीबाट ल्याइएको पानी वितरण उद्घाटन कति पटक भए भन्नेबारेमा सामाजिक सञ्जालमा चर्चा, आलोचना र व्यङ्ग्यात्मक टीप्पणी, सबै भइरहेको छ। कतिपयले यो आठौँ पटक भएको दाबी गरेका छन्। विसं २०७७ साल चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भृकुटीमण्डपमा ढुङ्गेधारा बनाएर तामझामसाथ उद्घाटन गरेको मेलम्ची खानेपानी आयोजनाको पानी त्यसको तीन महिना पछि आएको बाढीले मुहान पुरिदिएपछि बन्द भयो।

मेलम्ची खानेपानी

त्यसको केही महिनापछि २०७८ आषाढ १ गतेको बाढीबाट मेलम्चीको मुहान क्षतिग्रस्त भयो। तर बाढीले जम्मा गरेको गेग्रान हटाएर र मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैसाखमा पुन मेलम्चीको पानी काठमाण्डू ल्याइएको थियो। यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थायी संरचना क्षतिग्रस्त बनाएपछि अस्थायी व्यवस्था गरेर पानी ल्याउन माघसम्म पर्खनुपर्‍यो। गतवर्ष जस्तै अस्थायी संरचना बनाएर ल्याइएको पानी बर्खा लागेपछि पुन: बन्द गरिने खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बताइन्।

मेलम्ची खानेपानी
काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई २६ किलोमिटर लामो सुरुङमा पठाएर त्यसलाई सुन्दरीजलमा झारिएको छ नेपालमा हरेक वर्ष जून महिनाबाट मनसुन भित्रिने गरेको छ। अघिल्लो पटक आयोजनाले मे अन्तिमबाट सुरुङमा पठाइने पानी क्रमिक रूपमा बन्द गर्दै लगेको थियो।