टर्कीमा शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प

टर्कीको  गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका अन्य विभिन्न सहरहरू र उक्त क्षेत्रभर महसुस भएको विवरणहरू प्राप्त भएको छ। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरू मध्ये एक हो।बीबीसी टर्कीस संवाददाताका अनुसार दियारबाकरमा एउटा सपिङ मल भत्किएको छ।टर्कीका भूगर्वविदहरूले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन्। उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो।कैयौँ भवनहरू भत्किएको र त्यहाँ केही मानिस फसेको हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन्।

डोटीको भूकम्प प्रभावित क्षेत्र

२३ कात्तिक, काठमाडौं : डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  स्थानीयका अनुसार पुराना कच्ची घरहरु भत्किएका छन् । राति सुतेको समयमा भूकम्प गएकाले मानिसहरु घरभित्रै च्यापिएका थिए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको  भैरवप्रसाद गण डोटी लगायतको टोली खटिएको छ ।  भूकम्पबाट जोगिएकाहरुले चिसो रात खुला आकाशमुनि बिताएका छन् । राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो ।

Earthquake close to Mammoth Lakes, California

46 people killed, 50 injured, 16 missing in China M6.8 earthquake

Powerful magnitude 6.8 earthquake struck Luding County in China’s southwestern province of Sichuan today killing at least 46 people and injuring more than 50. At least 16 people were missing as of 8:30 p.m. Monday. Among the dead, 29 were from Ganzi Tibetan Autonomous Prefecture which administers Luding County, and the other 17 were from Ya’an City.

Powerful quake was felt in Chengdu, the capital of Sichuan, which is 140 miles away from the epicenter. According to the China Earthquake Networks Center (CENC), the 6.8-magnitude earthquake struck Luding County at 12:52 p.m. Monday (Beijing Time).

The epicenter of the earthquake was 24.2 miles away from the county seat of Luding and there are several villages within the 3-mile range. Government earthquake emergency relief headquarters of Ganzi has launched the highest level of response immediately after the quake.

 

 

चीनको सिचुवानमा शक्तिशाली भूकम्प

चीनको सिचुवानमा शक्तिशाली भूकम्प गएको छ। ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। सिचुवानमा गत जुनमा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो।  भूकम्पबाट भएको  क्षतिको विवरण भने आउन बाँकी छ।

 

Nepal Earthquake And its Impact

२०७२ को विनाशकारी भूकम्प बिर्सियौँ

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि  १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो । ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् । धरहरा नयाँ रूपमा उभ्याइयो । ध्वस्त भएका र टेको लगाएर अड्याइएका थुप्रै संरचनाले नयाँ रूप पाए । ष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ८ हजार ९ सय ९९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । ८ लाख १७ हजार घर, भवन, भौतिक संरचनामा क्षति पुगेको थियो । भूकम्पले ७०६ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । बि.स. १९९० सालमा गएको महाभूकम्प (८ रेक्टर स्केलभन्दा बढी) पछि गएको अर्को ठुलो भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो ।

पाकिस्तानमा ५.७ म्याग्निच्युटको भूकम्प २० जनाको मृत्यु

२१ असोज, काठमाडौं  : पाकिस्तानमा ५.७ म्याग्निच्युटको भूकम्पमा २० जनाको मृत्यु  भएको छ  पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् ।  पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

भूकम्पले घरहरु भत्किएका र बाटो अवरुद्ध भएका दृष्य सामाजिक सन्जालमा सेयर गरिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार घरका छत र भित्ता भत्किंदा धेरै व्यक्तिहरु च्यापिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।  भूकम्पबाट क्षति ठूलो भएको अनुमान गरिए पनि यकिन हुन सकेको छैन । बलुचिस्तान प्रान्तका आन्तरिक मामिलामन्त्री मिर जिया उल्लाहले अहिलेसम्म २० जनाको मृत्यु भएको छ।

नयाँदिल्लीमा ५.५ म्याग्निच्युडको भूकम्प

नयाँदिल्ली : भारतको गुजरातमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञानका अनुसार राजकोटबाट ११८ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा साँझ ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्पबाट मानवीय क्षति र अन्य भौतिक संरचनामा क्षति भएको छ या छैन यसबारे यकिन भइसकेको छैन । २००१ को जनवरी २६ मा गएको भूकम्पलाई तेस्रो ठूलो भूकम्प मानिन्छ । भुजलाई केन्द्रविन्दु बनाएर गएको उक्त धक्काबाट २० हजार भन्दा धेरैको मृत्यु भएको थियो । आइतबार गुजरातको कछ जिल्लास्थित भुज नजिकै भूकम्पको केन्द्रविन्दु बनेको थियो ।

भुकम्पको त्रासले सदैभरि

४ असोज, काठमाडौं : ष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ । बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भुकम्पको त्रासले सदैभरि नेपालमा २०७२ सालको भुकम्पको भल्को दिरहेको छ ।

काठमाडौंमा भूकम्पको धक्का – केन्द्रविन्द्र धादिङ

११ वैशाख, काठमाडौं : भूकम्प मापन केन्द्रकाअनुसार धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । ०७६ मा बैषाख ११मा ०७२÷१÷१२ को भुकम्पको झझल्को दिदै दुई पल्ट भुकम्प गएको छ । विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको
छ । ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

हरेक तीन मिनेटमा भूकम्प – ९ वर्षमा २० लाख झट्का


क्यालिफोर्निया : दक्षिणी क्यालिफोर्नियामा हरेक तीन मिनेटमा भूकम्प आउने गरेको
क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी र युनिभर्सिटीले दाबी गरेको छ ।
सन् २००८ देखि २०१७ बीचमा २.० देखि ३.० म्याग्निच्यूडका २० लाख भूकम्प गएको अनुसन्धानमा पत्ता लागेको छ ।
यो इलाकामा दैनिक ४९५ भूकम्प आयो भन्ने तथ्य क्यालिफोर्निया (स्यान डियागो) को अध्ययनमा सार्वजनिक भएको छ ।