बिष्णु मति करिडोर खोल्ने क्रममा अबरोधसंगै सफलता मिल्यो – टोखा नगरपालिका

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण

बूढानीलकण्ठ नगरपालिकामा अपाङ्गता व्यक्तिहरुलाई व्हीलचेयर वितरण गरिएको  छ ।  अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामि सबैको प्रतिवद्धता भन्ने  मुल उद्देश्यका साथ बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई निः शूल्क  व्हीलचेयर (WheelChair) प्रदान गरिएको छ ।  बाल अपाङ्ग टेवा संस्था कपनको आयोजना तथा अन्तराष्ट्रिय व्हीलचेयर फाउण्डेशनको समन्वय र मुख्य दाता डि.जे.एच. को सहयोगमा नगरपालिकामा बसोबास गर्ने विभिन्न वडाका ५ जनालाई व्हीलचेयर प्रदान गरिएको छ ।  मंगलबार नगरपालिका महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाले  एक  कार्यक्रम आयोजना गरी नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाद्वारा संयुक्त रुपमा लाभग्राहीहरुलाई व्हीलचेयर  प्रदान गरिएको छ ।  व्हीलचेयरको बजार मुल्य ९० हजार रुपैयाँ बराबर पर्न व्हीलचेयर गरिएको हो ।

नेपाल रेमिट्यान्सः एक वर्षमा १० खर्ब रुपैयाँ-१५ सय जनाको शव

वारि र पारि घाम र छायाँ माझैमा पियार

संसारमा जन्म दिएर ईश्वर बैँसमा नमार

राष्ट्रकवि माधवप्रसाद घिमिरेका शब्द, नातिकाजीको सङ्गीत र स्वरसम्राट नारायण गोपालको स्वरसहितको यो कालजयी गीतको उक्त पङ्क्तिले अहिलेको नेपाली समाजको पीडा झल्काउँछ। गएको पुस ६ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकी २५ वर्षीया विद्याकुमारी पटेलको जीवनमा अचानक नसोचेको मोड ल्यायो।

परिवारको लालनपालनका निम्ति सात समुद्र पार मलेशिया काम गर्न गएका उनका पति सञ्जयकुमार राउतले परदेशमै ज्यान गुमाएको खबर आयो। “वहाँ त्यहाँको रबर फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो। अचानक आत्महत्या गरेको खबर आयो।” त्यतिखेर उनको उमेर जम्मा २६ वर्षको थियो। एसएलसी पास भएपछि कतै काम नपाएर विदेश गएका थिए।

धनुषा नेपालबाट वैदेशिक रोजगारीका निम्ति सबभन्दा धेरै युवा पठाउने जिल्लामध्ये पर्छ। सोही जिल्लाको धनौजी गाउँपालिकाबाट परिवारको पेट पाल्न खाडी मुलुक कतार गएका बिक्रु मण्डलको कथा पनि उत्तिकै पीडादायी छ। “२०७८ सालको असार ५ गते बनिरहेको भवनबाट खसेर मेरो बुवाको मृत्यु भएको जानकारी आयो,” उनका २१ वर्षका छोरा मुकेश मण्डलले परिवारमा परेको वज्रपातबारे सुनाए। पढाइ छाडेर त्यत्तिकै बसिरहेका मुकेश मण्डल स्वदेशमै राम्रो काम पाए विदेश जाने मन नभएको बताउँछन्।

सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् ।  महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् ।  उनीहरुले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् ।

हाब्रेको छालासहित २ जना पक्राउ

मिति २०७७.०९.२८ गते का.जि.का.म.न.पा. वडा नं.३ बसुन्धारा चोक स्थित सार्वजनिक सडक स्थानमा अबैध रुपमा दुर्लव वन्यजन्तुको आखेटोपहार ९ हाब्रेको छाला० ओसार पसार तथा विक्री वितरण गरिएको छ भन्ने सूचनाको आधारमामनप्र वृत्त महाराजगंजवाट खटिएको विशेष टोलीले  बेलुकी अं.१७   बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.३ बसुन्धारा चोक स्थित सार्वजनिक सडक स्थानमा जय भण्डारी र जेनष सार्कीलाई अवैध आखेटोपहरा ९हाब्रेको छाला ० थान १, भिबो कम्पनीको मोबाईल थान१ र कालो निलो रङ्गको झोला थान १ सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन बन कार्यालय, हात्तिसार काठमाण्डौमा पठाईएको छ ।

किन बढ्दैछ आत्महत्या गर्नेको संख्या ?

मानिसले चाहँदैमा मानवीय जीवन प्राप्त गर्न सक्दैन। अहिले कोरोना कहरका बीचमा पनि नेपालमा धेरै कारणले आत्महत्या गर्नेको संख्या थपिएको छ । आत्महत्या गर्नेको संख्या नेपालमा मात्र नभएर विश्वमै बढ्दै गएका समाचार आइरहन्छन्। कहिले कुनै समस्यालाई आधार बनाएर त कहिले कुनै बहानामा मानिसले आफूलाई हीनताबोध महसुस गर्छ । जीवनदेखि हार खाएर आत्महत्या गर्न बाध्य भएका घटनाहरूले बताउँछन्। धनी होस् या गरिब, शिक्षित होस् या अनपढ, आखिर आत्महत्याको बाटो रोज्न पुग्छ । अभावका कारण भन्दा पनि मानसिक स्थिति गुमाउनुको कारणबाट यस्ता घटना बढ्दै जान्छन्।

हरेक समस्याका समाधान हुन्छन्। समाधान नहुने समस्या नै हुँदैनन्। आत्महत्या व्यक्तिको मनोवैज्ञानिक, सामाजिक र व्यक्तिगत धारणाको उपज हो। व्यक्ति जीवनबाट विक्षिप्त र निरिह महसुस भएपछि यो बाटो रोज्छ। कहिले विद्यालयमा युवा झुण्डिएको त कहिले उपचार नपाएर, कहिले भोकै र कहिले रोजगारी नपाएर, बैंकको किस्ता तिर्न नसकेरलगायतका घटना भएका समाचार आए। कतिपय अवस्थामा तनावका कारण आत्महत्याको बाटो रोज्नेहरूका कथा पनि बाहिर आए।  आफ्नो मानसिक सन्तुलन गुमाएको हुन्छ।  किन मानिस आत्महत्या रोज्छ त ? केही मनोवैज्ञानिक, सामाजिक र व्यक्तिगत धारणा बुझ्ने कोसिस ग¥र्यौँ भने यस्ता घटना न्यूनीकरण हुँदै जानेछ। घर, समाज, आफन्त र राज्यको ठूलो कमजोरी अभाव होइन अपेक्षा हो।

टिकटक हङ्‌कङबाट हट्ने

चर्चित भिडिओ केही दिनमै एप टिकटकले नयाँ सुरक्षा कानुनका कारण आफू हङ्‌कङबाट हट्ने बताएको छ। हालैका घटनाहरूलाई विचार गर्दै हामीले हङ्‌कङमा टिकटक एप सञ्चालन नगर्ने निर्णय गरेको छ। फेसबुक र ट्विटरले यसै साता हङ्‌कङ प्रहरीसँग प्रयोगकर्ताको जानकारीसम्बन्धी सहकार्य हाललाई रोक्ने बताएका छन्। चिनियाँ कम्पनी बाईटडान्सले टिकटकलाई चीनबाहिरका प्रयोगकर्ताका लागि निर्माण गरेको हो। कम्पनीले यसअघि नै चीन सरकारले कुनै सामग्री हटाउन वा कुनै प्रयोगकर्ताको जानकारी मागेमा नदिने बताएको थियो।

रोएटर्स समाचारसंस्थाका अनुसार टिकटक त्यहाँबाट केही दिनमै हट्नेछ। हङ्‌कङमा नयाँ सुरक्षा कानुन उल्लङ्घन गरे आजीवन जेल हुनसक्ने बताएको छ। वाल्ट डिज्ने कम्पनीका पूर्वप्रशासक केभिन मायरले नेतृत्व लिएको टिकटकले प्रयोगकर्ताको जानकारी चीनमा भण्डार नगरिने बताएको छ। सो कम्पनीले चीनभित्र भने त्यस्तै खाले डोयिन नामक एप सञ्चालन गर्छ।

हङ्ककङ

नेपालमै कोरोनाको औषधि तयार गरेको दाबी – डा दास

कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गर्नुभएको छ । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्टी«मा पिएचडी उपाधि हासिल गर्नुभएका डा दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी गराउनुभयो ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्षसमेत हुनुहुन्छ । डा दासले कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि गर्नुभयो । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडालगायतका दर्जनौँ मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन बाँकी नै छ ।

Official COVID-19 Statement: Barbados

Prime Minister of Barbados, the Hon. Mia Amor Mottley, announced that the current curfew will be extended until midnight on Sunday, May 3, 2020.

Prime Minister Mottley explained that the decision was based on public health recommendations as the country continues its fight against COVID-19. To date, there have been 73 confirmed cases, 15 total recoveries and five deaths. The active cases remain in isolation and are receiving care from the Ministry of Health and Wellness.

Under the 24-hour curfew, only essential services will operate, and movement of non-essential personnel is restricted. Regular movement will resume on Monday, May 4, 2020 unless otherwise stated. The Government of Barbados continues to work closely with both private and public sector entities to ensure necessary operations continue safely and efficiently. Arrangements have been made for supermarkets and banks to open to the public. Barbadians have been advised to wear cloth masks and to practice physical distancing while conducting business.

The protocols established by the Ministry of Health and Wellness to contain the virus for visitors arriving from other countries, remain in effect. All persons coming to Barbados will be quarantined for a period of fourteen days. The Barbados Government Information Service (BGIS) is the official communications arm of the Barbados Government. This Department is responsible for the dissemination of public information to the various news media and the general public. The BGIS was established in 1958 in response to the need to inform and educate the public regarding government and its activities. Over the years, the department has evolved from a fledgling information management function to a broad based news and public relations agency of government, impacting on the opinions of the people of Barbados regarding matters of governmental and national importance.

निजिक्षेत्रका हस्पिटलहरु व्वारेन्टाईन स्थल बनाउनु पर्ने आजको आवस्यकता

दिपक न्यौपाने, वैैशाख, ३, २०७७, काठमाडौ ः राज्यलाई सहयोग गरेर देश सेवा पु¥याउनु पर्ने समयमा निजिक्षेत्रका हस्पिटलहरु सेवा बन्द गरि बसेका छन् । नेपालमा हाल कोरोनाको बिरामी बढिरहेको बेला नयाँ व्वारेन्टाईन क्षेत्र बनाउनुको बिकल्प छैन । बनेका व्वारेन्टाईन स्थलहरु भरपर्दो र सहज छैनन् , हाल काठमाडौ लगाएत नेपालका निजि सुबिधा सम्पन्न अस्पतालहरु ग्रन्डी, नभिक, ग्रिनसिटि लगायत अन्य निजिक्षेत्रका अस्पतालहरुलाई सरकारले व्वारेन्टाईन क्षेत्र बनाउनु पर्छ ।

हाल देखिएका व्वारेन्टाईन कतै त्रिपाल छन् भने कतै चिसो कोठामा थुप्रै जमात एउटै कोठामा राख्दा जोखिम बढिरहने हुन्छ भने सुबिधा सम्पन्न निजि हस्पिटलहरु बन्द भएर बस्नु औचित्य पुर्ण छैनन् । सरकारले यो संकटको घडिमा सेवा नदिकन चुप लागेर बस्ने हस्पिटलहरुलाई निजि हस्पिटलहरु प्रयोगमा ल्याउनु लागी राम्रो उपाय हुनेछ ।
भोकै मर्नु परे नेपालमै गएर मर्ने इच्छा व्यक्त गर्दै अहिले हार गुहार गरिरहेका छन् । नेपाली जहाज लिन पठाईदिन सरकारसंग हार गुहार गरिरहेका छन् । भोलि फेरि नेपलमा संक्रमण बड्ने र बिदेशमा रहेका नेपालीहरु स्वदेश ल्याउन पर्ने र व्वारेन्टाईनमा राखि उपचार गर्न पर्ने बेलामा सरकारको स्रोतले मात्र पुग्दैन साथै नेपालले नयाँ सुबिधाजनक उपचार केन्द्रहरु बनाउन सहजता छैन । ढिला नगरीकन सहज पहुच पुग्ने गरि नेपालका सातै प्रदेशका निजि क्षेत्रका अस्पतालहरु प्रयोगमा ल्याउन तर्फ कति पनि ढिला नगरि सरकारले ध्यान दिनु आवस्यक छ ।