प्रचण्डको राजीनामा माग शब्दका कारण कि गठबन्धनभित्रको खटपट

प्रचण्डको राजीनामा माग शब्दका कारण कि गठबन्धनभित्रको खटपट

एउटा अभिव्यक्तिका कारण सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल फेरि अर्को अभिव्यक्तिका कारण विवादमा परेका छन्। उनको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध मात्रै गरेको छैन, उसले उनले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग पनि अघि सारेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्ता साझेदार नेपाली कांग्रेसकै एक महामन्त्रीले आपत्ति व्यक्त गरेका छन्। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ सात राजनीतिक दलहरूको बैठकमा समेत प्रचण्डको अभिव्यक्तिबारे छलफल भएको नेताहरूले बताएका छन्।

चण्डको अभिव्यक्तिपछि विकसित राजनीतिक घटनाक्रमलाई एक विश्लेषकले सत्तारूढ गठबन्धनभित्र चुलिँदै गरेको मतभेदको असरका रूपमा समेत व्याख्या गर्न सकिने बताए। नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपसँग जोडिएको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल र टेलिभिजन बहसहरूमा पनि प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्री प्रचण्डले चाहिँ आफ्नो भनाइको प्रतिरक्षा गरेका छन्। बिहीवार प्रधानमन्त्रीका प्रेस सल्लाहकारले वक्तव्य जारी गर्दै उनको उक्त “अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको” जनाएका छन्।

गत सोमवार सिख समुदायका व्यवसायी प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचनमा बोल्दै प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले गरेका प्रयासहरूको चर्चा गरेका थिए। “उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो काठमाण्डूका धेरै पार्टी नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो,” विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेको भिडिओमा प्रचण्डले भनेको सुनिन्छ। ती भिडिओमा “राजनीति सफल भए मात्रै देश विकास हुने” सिंहको विश्वासको प्रशंसा गर्दै प्रचण्डले उनीसँगको निकटताबारे पनि चर्चा गरेको सुनिन्छ।

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

१५ जेठ, काठमाडौं :  सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।  चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ करोड रूपैयाँ विनियोजन रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ । सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले डगमगाएको नेपालको कूटनीतिक

पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूलाई पक्राउ गरेर अघि बढाइएको नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धानले, नेपालले उक्त कसुरलाई गम्भीरतापूर्वक लिएको सन्देश अन्तर्राष्ट्रिय समुदाय समक्ष पुगेको प्रधानमन्त्रीका एक जना सल्लाहकारले बताएका छन्।  संयुक्त राज्य अमेरिकामा पुनर्वास गराइदिने भन्दै ठगी गर्ने गिरोहले आफूहरूबाट झन्डै २३ करोड रुपैयाँ सङ्कलन गरेको आरोप लगाउँदै १०० भन्दा बढीले प्रहरीमा उजुरी दायर गरेका छन्।  संयुक्त राष्ट्र सङ्घको शरणार्थी हेर्ने निकायले गम्भीर चासो व्यक्त गरिरहेको उक्त प्रकरणमा दोषी रहेकालाई कडा कारबाहीको माग गर्दै शनिवार देशका विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले गृह प्रशासन जस्तो संवेदनशील निकाय जोडिएको उक्त प्रकरणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुर्‍याएको बताइरहेका छन्।

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नागरिक तहबाट खबरदारीको क्रम शनिवार पनि जारी रहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिक समाज र सर्वसाधारण दुवैको सन्देश प्रधानमन्त्रीले प्राप्त गरिरहेको बताए।  “भ्रष्टाचारीहरूलाई नछोड्नुस् भनेर उहाँहरूले भनिरहनु भएको छ। यसले प्रधानमन्त्रीमा उत्साह थपिरहेको छ। डेनमार्कका लागि पूर्व राजदूत विजयकान्त कर्णले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण अन्तर्राष्ट्रिय समुदायले नेपालका राज्य संयन्त्रलाई नै अविश्वास गर्ने परिस्थिति आएको बताए।

भारतको पश्चिम बङ्गाल बाटो हुँदै झन्डै साढे तीन दशकअघि एक लाख भन्दा बढी भुटानी शरणार्थी पूर्वी नेपाल प्रवेश गरेका थिए।   “गृहमन्त्री एवं तीनका छोराछोरी अनि सल्लाहकारहरू र गृह सचिव जस्ता व्यक्तिहरू राष्ट्रिय सुरक्षा र गम्भीर सूचनाहरू हुने त्यस्तो संवेदनशील मन्त्रालयमा यो किसिमको षडयन्त्रमा लागेकाले यो अप्ठेरो परिस्थिति हो।” उनले अमेरिका, राष्ट्रसङ्घीय शरणार्थी र अन्तर्राष्ट्रिय आप्रवासन हेर्ने निकाय भुटानी शरणार्थी मामिलामा सामेल भएको भन्दै यसले विश्वासको सङ्कट उत्पन्न गराएको बताए। उनीहरूको समस्या तत्कालै निरूपण नहुने भएपछि शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको पक्षधर राष्ट्र नरहेको भए पनि नेपालले मानवीय आधारमा उनीहरूलाई शरण दियो। उनीहरूलाई स्वदेश फर्काउन थिम्पुसँग गरिएका १५ चरणका वार्ताले कुनै ठोस परिणाम नदिएपछि सन् २००७ मा नेपालले तेस्रो देश पुनर्वासको विकल्प खुला गरेको थियो। अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले संसारकै ठूलो पुनर्वास कार्यक्रम अन्तर्गत उक्त विकल्प अघि सारेका थिए।

उक्त प्रक्रिया अन्तर्गत राष्ट्रसङ्घीय शरणार्थी हेर्ने निकाय यूएनएचसीआरको सहजीकरणमा एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वास गराइएको थियो। पछिल्लो भ्रष्टाचारको प्रकरण सतहमा आएपछि यूएनएचसीआरले भनेको छ । अमेरिकाबाहेक अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, डेनमार्क, नर्वे, यूके र द नेदरल्याण्ड्सले नेपालबाट भुटानी शरणार्थीहरूलाई पुनर्वास गराएका थिए। यी मध्ये कतिपय देश नेपालका प्रमुख विकास साझेदारहरू हुन् र उनीहरूले पछिल्लो प्रकरणलाई नजिकबाट नियाली रहेको कतिपय परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्।

रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

हालै सम्पन्न उपनिर्वाचनमा राम्रो नतिजा ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन शुक्रवार फिर्ता लिने निर्णय गरेको छ। सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले “सर्वसम्मत रूपमा सरकारलाई दिएको समर्थन समेत फिर्ता गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको” उक्त पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरूलाई बताए। दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तक र देशै भरी र विदेशमा रहेका नेपालीहरूको जनभावना नै यही थियो कि अब सशक्त प्रतिपक्षको भूमिका लाई प्राथमिकता दिएको छ। “अब हामी सङ्गठन निर्माणलाई प्राथमिकता दिन्छौँ। एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भनेर धेरैले हामीलाई हेर्न चाहेको बुझेका छौँ।”

रवि लामिछाने फेरि निर्वाचित – सरकारलाई दिएको समर्थन ‘फिर्ता लिने’

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेगत मङ्सिरको निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर ठूलो अन्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेर पुनः विजयी भएका हुन्। उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याएका छन्। मतगणना सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको बताएका छन्।  कांग्रेस र एमालेका उम्मेदवारहरूले मत यसअघिको भन्दा घटेको छ।  अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरू प्रत्येकले १४,००० मत कटाएका थिए।  त्यतिबेला लामिछाने ३५,००० को मतान्तरले विजयी भएका थिए।

नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई रवि लामिछानेले सुरुदेखि नै पछाडि पारेका थिए।

  • रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): ५४,१७६ (विजयी)
  • रामप्रसाद न्यौपाने (नेकपा एमाले): ११,२१४
  • जीतनारायण श्रेष्ठ (नेपाली कांग्रेस): १०,९३६

 सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ। नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो। पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्।

तनहुँमा स्वर्णिम, चितवनमा रविअगाडि चर्को प्रतिस्पर्धा

प्रतिनिधिसभाका रिक्त सदस्य चयन गर्न तीन जिल्लाका तीन क्षेत्रमा अहिले मतगणना जारी छ। तनहुँ-१ मा आइतवार रातिदेखि नै गणना सुरु भएको थियो भने चितवन-२ र बारा-२ बाट मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ।

तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम गरेका छन्। सोमवार साँझ ६:१० बजेसम्मको विवरणअनुसार झन्डै १९,००० मतसहित वाग्लेले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग फराकिलो अग्रता कायम राखेका छन्। उपनिर्वाचन भएको चितवन-२ मा २ बजेपछि मतगणना सुरु भएको चितवनस्थित बीबीसी संवाददाता ईश्वर जोशीले जानकारी दिएका छन्। त्यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्र स्थानमा देखिएका छन्।

 आइतवार मतगणना सुरु भएदेखि नै तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अरू उम्मेदवारभन्दा निकै अगाडि देखिएका छन्।

स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी): १८,६६३, गोविन्द भट्टराई (नेपाली कांग्रेस): ११,०११ सर्वेन्द्र खनाल (नेकपा एमाले): ५,८७७ , तनहुँका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यो क्षेत्रमा गत मंसिरमा ५४.०३ प्रतिशत मत खसेको थियो।  उपनिर्वाचनमा झन्डै ५३ प्रतिशत मात्र मत खसेको बताइएको छ।

सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समितिका दुईवटा हलको दुई ठाउँमा मध्यरातदेखि गणना सुरु गरिएको जानकारी जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको छ। गत मङ्सिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।    बारा-२ मा भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टी-नेपालका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच तीव्र प्रतिस्पर्धा भएको देखिएको छ।

प्रारम्भिक मतगणनामा यादवले केही बेर अग्रता लिएका थिए। तर त्यसपछि कुशवाहले उनलाई झिनो अन्तरले पछाडि पारेको निर्वाचन आयोगको‌ वेबसाइटमा प्रकाशित विवरणले देखाउँछ। उनीहरूलाई नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।

        शिवचन्द्र कुशवाह (जनमत पार्टी): १,१४६

  • उपेन्द्र यादव (जनता समाजवादी पार्टी-नेपाल): १,११७
  • पुरुषोत्तम पौडेल (नेकपा एमाले): ५३८
  • रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): २४४

निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा ६५.०२ प्रतिशत मतदान भएको थियो।

उक्त निर्वाचन क्षेत्रमा गत मङ्सिरमा ६३.५६ प्रतिशत मत खसेको थियो।

उपाध्यायका अनुसार यहाँ ७८,००० भन्दा बढी मत खसेको छ।

 बारामा मतदान गर्दै एक महिला
उक्त निर्वाचन क्षेत्रका १३७ मतदानकेन्द्रबाट सङ्कलित मतपेटिकालाई उच्च सुरक्षा दिएर राखिएको छ। जनता समाजवादी पार्टी-नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त हुन गएको थियो। उपेन्द्र यादव सोही पार्टीका केन्द्रीय अध्यक्ष हुन्।  त्यहाँ १० दलका र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
मतपेटिका खोल्दै कर्मचारी

 चितवनस्थित बीबीसी संवाददाता ईश्वर जोशीका अनुसार चितवन-१ का इच्छाकामना १ र ३ बाट सङ्कलित पेटिकाको मत गनिसकिएको छ।  त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्र स्थानमा देखिएका छन् भने उनलाई क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।

रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): ४,३५८

  • रामप्रसाद न्यौपाने (नेकपा एमाले): २,५४४
  • जीत नारायण श्रेष्ठ (नेपाली कांग्रेस): २,२०५

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ। नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो। पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्। मङ्सिरमा भएको निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका थिए।

रास्वपाको ढाकाकुमार श्रेष्ठ सदस्यबाट निष्कासित – सांसद पद स्वत खारेज

एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ। चितवनमा बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट सांसद बनेका श्रेष्ठलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गरेको थियो। अनुसन्धान समितिले पार्टीलाई बुझाएको दस्ताबेजका आधारमा यस्तो निर्णय गरेको पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बताए। भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने बताउँदै उनले भने,”पार्टीको अनुसन्धानमा उहाँले कुनै अमुक व्यक्तिसँग मन्त्री बन्न पैसा चाहियो भनेको सुनियो। त्यो आवाज उहाँको हो। त्यो कुराकानी उहाँले गर्नु भएको हो। त्यसमा पैसा मागिएको छ।

सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै कारबाहीको यथेष्ट कारण भएको लामिछानेले बताए। गत माघमा सरकार विस्तारको तयारी भइरहँदा श्रेष्ठले आफू मन्त्री बन्न लागेको र त्यसका लागि “पार्टीलाई दुई करोड बुझाउनुपर्ने” भन्दै व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको भनिएको अडिओ आइतवार बाहिरिएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेर छानबिन गरेको थियो। पार्टीको अनुशासन समितिले आफ्नो छानबिन प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई त्यसअघि मङ्गलवार बुझाएको छ।

pm pushpakamal dahal visit to india

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । २७० सांसद उपस्थित बैठकमा २६८ जना सांसदले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्दा २ जना सांसदले भने विपक्षमा मतदान गरेका छन् ।  प्रधानमन्त्रीलाई २६८ जना सांसदले विश्वासको मत दिएका हुन् । प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएका हुन् । संसदमा विश्वासको मत लिइसकेपछि दुई वर्षसम्म प्रधानमन्त्री प्रचण्डविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्न नमिल्लने व्यवस्था छ ।

 

पर्यटन सम्भाबना बोकेको तारकेश्वर – कृष्ण हरि मर्हजन

तारकेश्वर नगरपालीका पर्यटन सम्भाबना बोकेको क्षेत्रको रुपमा चिनिदै आएको छ । यस क्षेत्रले समग्र नगरको पर्यटनलाई आकर्षण दिने ऐतिहासीक सम्पदाहरुको जर्गेना गर्दै नया पहिचाहन बनाउदै छ ।

का म न पा ३ का वडा अध्यक्ष प्रेम थापाको बिकास योजना

का म न पा ३ का वडा अध्यक्ष प्रेम थापा ले वडाको बिकास योजना साथै बिपन्न बर्गीय जनताको स्तर उन्नतिको लागी योजना बारे प्रकास पर्दै