वातावरण संरक्षणका लागी वृक्षारोपण कार्यक्रम सम्पन्न

Envarment

वातावरण संरक्षणका लागी वृक्षारोपण कार्यक्रम सम्पन्न

भरत सन्तोषी, नुवाकोट – लायन्स अन्तराष्टिय डिस्ट्रिक्ट ३२५ बि १ अन्तर्गत लायन्स क्लब अफ काठमाण्डौ मिडटाउन र लायन्स क्लब अफ काठमाण्डौ भृकुटीको संयुक्त आयोजनामा भद्रुटार १ नुवाकोट स्थित रातमाटे बन उपभोक्ता समिती को संरक्षण क्षेत्रभित्र पर्ने खाली तथा भिराला पाखाहरुमा बृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न ग¥यो । उक्त कार्यक्रममा क्लबको तर्फबाट १००० सिसौका विरुवा रोपियोे साथै सोही स्थानमा लायन्स क्लबको कार्यक्रमलाई अझ उत्साह थप्दै सोही दिन सोही स्थानमा उक्त बन उपभोक्ता समितीले समेत ७०० सल्लाका बिरुवा रोप्ने कार्य सम्पन्न ग¥यो । झण्डै १०० जनाको स्थानीय बासीन्दा समेत उपस्थित उक्त कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाण्डौ मिडटाउनका अध्ययक्ष महेश पाण्डेले वातावरण संरक्षणमा लायन्स क्लव लागी परिरहेको बताउ“दै आगामी दिनमा समेत उक्त क्षेत्रको वातावरणीय तथा सामाजीक उत्थानमा विशेष पहल गर्ने प्रविबद्धता व्यक्त गर्दै उपस्थित बासिन्दालाई पनि अभियानमा हातेमालो गर्न अपिल गर्नुभएको थियो ।

SUBISHU

दि पावर न्युज मिडियाको तर्फबाट सु बि सु केवल नेटलाई बिशेष सम्मान

काठमाडौ, पुस २५, बालुवाटार स्थित सु बि सु केवल नेट प्रा लि को प्राङ्गडमा भएको एक कार्यक्रममा दि पावर न्युज मिडियालाई सु बि सु केवल नेट प्रा लि ले इन्टरनेट सेवा सहयोग पु¥याउदै आएकाले  दि पावर न्युज मिडियाको तर्फबाट सु बि सु केवल नेट प्रा लि लाई बिशेष धन्यवाद व्यक्त गरियो । सु बि सु केवलका युवराज कार्की लाई  एक कार्यक्रममा पावर न्युज मिडियाका अध्यक्ष दिपक न्यौपाने ले सम्मान पत्र सहित खादा लगाई सहयोगको लागी कृतज्ञता व्यक्त गर्नुभयो, भने कम्पनीका एक्जुकेटीभ डाइरेक्टर आनन्दराज त्रिपाठीले खादा लगाई बिशेष धन्यवाद दिनुभयो ।

तस्विर ः जयराम दाहाल, काडमाडौ ।

पाटा नेपाल च्याप्टरका बसन्तराज मिश्र सम्मानित

दि पावर न्यूज संवाद दाता, काठमाडौ ।- चाइनाको जुवाईमा सम्पन्न भएको पाटा इन्टरनेशनलकोे ६३ औ साधारण सभाले नेपाल च्याप्टरका बसन्तराज मिश्र कोषाध्क्षमा नियुक्क्त हुनु भएकोमा पाटा नेपाल च्याप्टर द्घारा आयोजित कार्यक्रमको अबसरमा काठमाडौको मल्ल होटलमा मिश्र सम्मानित हुनुभएको छ ।
उक्त कार्याक्रममा बाढि पिडीतहरुको लागी सहयोगार्थ ६ लाख १ हजार रुपैयाको चेक पर्यटन मन्त्रालयका सचिब मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरियो । साथै पाटाले नेपालको पर्यटनक्षेत्रमा भएका गतिबिधिहरुको आधिकारीक रीपोट ल्याउनको लागी बिभिन्न अनुसन्धानकर्ताहरुलाई समेटेर हाल रिसर्च पुलको पनि गठन गरेको जानकारी नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिनु भयो ।

पाटा नेपाल च्याप्टरको कार्यक्रमका तस्विरहरु
पाटा नेपाल च्याप्टरको कार्यक्रमका तस्विरहरु
चाइनाको जुवाईमा भएको ६३ औ साधारण सभा कार्याक्रम
चाइनाको जुवाईमा भएको ६३ औ साधारण सभा कार्याक्रम

निर्वाचन आयुक्त श्री नीलकण्ठ उपे्रती ज्यूवाट प्रमाण – पत्र हस्तान्तरण

दि पावर न्यूज संवाद दाता,, काठमाडौ ।- मानव अधिकार तथा शान्ति समाज (HURPES) को तर्फबाट संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचन आयोग, नेपालबाट पर्यवेक्षण कार्यको लागि स्विकृत प्राप्त मानव अधिकार तथा शान्ति समाजसंग आबद्घ रहि राष्ट्रिय परिवेक्षकको रुपमा काठमाडौ जिल्लामा परिवेक्षण कार्य गरी सफलतापूर्वक आफ्नो भूमिका निर्वाह गनु भएकोले हार्दिक धन्यवाद सहित प्रमुख निर्वाचन आयुक्त श्री नीलकण्ठ उपे्रतीले राष्ट्रिय पर्यवेक्षकको प्रमाण–पत्र विशेष कार्यक्रममा दीपक न्यौपाने ज्यूलाई हस्तान्तरण गर्नु भयो ।

HURPES

तस्विरः– दामोदर ढकाल

HURPES

HURPES

तस्विरः– दामोदर ढकाल

सुनकोशी ताल फुट्यो पुरिएका घरहरु जस्ताको त्यस्तै

दि पावर न्यूज सम्वाद दाता, सिन्धुपाल्चोक  – सिन्धुपाल्चोकको राम्चेबाट झरेको भीषण पहिरोले सुनकोशी नदी थुनेर बनेको शनिवार राती ३ बजेतिर फुटेको छ । ताल फुटेपछि नेपाली सेनाको एक्जाभेटर बगाएको छ । एक्जाभेटर बनसाँघु स्कुलमुनि भेटिएको छ । तालको पानी एक्कासी बेगका साथ निस्किएपछि अरनिको राजमार्गमा पनि क्षति पुगेको छ । अहिले यातायात आवागमन रोकिएको छ । तालको पानी घटेपछि डुवानमा परेका माथिल्लो क्षेत्रका केही घरहरु देखिएका छन् । करीव ४० मिटर गहिरो ताल शुरुमा १८ मिटर घटेको थियो भने अहिलेसम्म लगभग ताल क्लियर हुन लागेको प्रहरीले जनाएको छ ।sunkoshi-flood

sunkoshi-flood-6 तस्वीरः कपिल धितालको ट्वीटरबाट

भारी वर्षाका कारण नारायणी र राप्ति नदी अहिले चेतावनी नजिक

साउन २९, लगातारको भारी वर्षाका कारण नारायणी र राप्ति नदीमा पानीको सतह अहिले चेतावनी नजिक पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार बाढी बढ्ने क्रममा रहेकाले सतर्क हुन र हरेक सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ । जिल्ला विकास समितिका विपद् व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइँटेलका अनुसार अहिले नारायण नदीमा बाढीको सतह ६ दशमलव ६० मिटरमा पुगेको छ । नारायणीमा ६ दशमलव ८० मिटर आएमा चेतावनी तह मानेर सबैमा सूचना प्रवाह गरिन्छ भने आठ मिटर नाघेपछि खतराको सङ्केत मानिन्छ । यस्तै चितवनको राप्ती नदीमा अहिले बाढीको सतह २ दशमलव ५ मिटर पुगेको जल तथा वर्षा मापन केन्द्र राप्तीका कर्मचारी बद्री ढकालले बताउनुभयो । यहाँ पनि चेतावनी तह नजिक भएकाले विपद् व्यवस्थापन समितिलाई खबर गरिसकिएको उहाले बताउनुभयो । यो नदीमा २ दशमलव ७ मिटर बाढीको सतह पुगेपछि चेतावनीको सङ्केत दिइन्छ भने ३ दलशमल ६९ मिटर बाढीको सतह पुगेपछि खतराको सङ्केतमा आपतकालीन कार्यक्रम सुरु गरिन्छ । अहिले पनि बाढीको सतह बढ्ने क्रममै रहेको वर्षा मापन केन्द्र देवघाटका कर्मचारी कृष्ण अधिकारीले बताउनुभयो ।

 

हेलिकप्टरको पङ्खाले काटिएर एक जनाको मृत्यु

फिस्टेल एयरको हेलिकप्टरको पङ्खाले काटिएर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएपछि पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकमा पर्यटकलाई लिन गएको फिस्टेल एयरका पाइलटका सुजल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।  काठमाडौँ महानगरपालिका– ९ सिनामङ्गल निवासी श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । सिन्धुपाल्चोकको लिस्ती– ५ स्थित द लास्ट रिसोर्टमा ९ एनए– एजेआइ कलसाइन नम्बरको सो हेलिकप्टर विदेशी पर्यटक लिन गएको थियो । आइतबार दिउँसो ३ बजे ल्यान्ड गर्ने क्रममा पछाडिको पङ्खाले घाँटी छिनाली नुवाकोट घर भएका सो रिसोर्टका प्रबन्धक ३१ वर्षीय ठाकुर रिमालको घटनास्थलमा मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि सोमबार बिहान हेलिकप्टरमार्फत त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा लगिएको प्रहरीले जानकारी दिएको छ ।