कांग्रेसको अल्टिमेटमपछि रवि लामिछाने जोडिएको सहकारी प्रकरण

कांग्रेसको अल्टिमेटमपछि रवि लामिछाने जोडिएको सहकारी प्रकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले विपक्षी नेपाली कांग्रेसले माग गरेअनुरूप सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्ने माग आफ्ना लागि अस्वीकार्य हुने बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै त्यस्तो समिति गठन हुन नसके आगामी संसद् बैठक चल्न नदिने बताएका थिए।

संसद्को आगामी चैत २७ गतेका लागि निर्धारित बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।  ग्यालेक्सी टेलिभिजनका तात्कालिक प्रबन्ध निर्देशक रहेका लामिछानेले उक्त टेलिभिजनका कार्यकारी अध्यक्ष जीबी राईले गरेको भनिएको करोडौँ रुपैयाँको सहकारी ठगीमा साथ दिएको आरोप लगाउँदै आएको कांग्रेसले उनलाई रोस्ट्रममा उभिएर बोल्न नदिने रणनीति लिँदै आएको थियो।  नेपाली कांग्रेसले ५०,००० मानिसहरू सहकारी ठगी प्रकरणबाट प्रभावित भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्रीको सन्दिग्ध भूमिका देखिएको भन्दै बुधवार संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको थियो।

 प्रतिनिधिसभा बैठकमा समय मागेर विस्तारपूर्वक कुरा राख्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वाग्रह राखेर आफूहरूले उक्त मुद्दा नउठाएको भन्दै लामिछाने गृहमन्त्री बनेसँगै “स्वार्थको द्वन्द्व” देखा परेको र सहकारीमा भएका अनियमिततासम्बन्धी अनुसन्धानहरू प्रभावित हुन सक्ने आशङ्का व्यक्त गरे।   “विगतमा हामीले यो मुद्दा यस कारण उठाएनौँ किनभने तत्कालीन गृहमन्त्रीले निर्देशन दिइसक्नुभएको थियो। पोखरामा सीआईबीले अनुसन्धान थालिसकेको थियो। …स्वाभाविक छ कि त्यो अवस्थामा यो विषय यति गम्भीरताका साथ उठ्दैन थियो। तर जब सरकारको गृह मन्त्रालयको नेतृत्व पनि बदलियो, छानबिन हुने प्रक्रिया पनि रोकियो।  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति नबने संसद् चल्न नसक्ने चेतावनी दिएका छन्

शर्माले नियमित छानबिन प्रक्रिया रोकिनु, स्वार्थको द्वन्द्व देखा पर्नु, गृहमन्त्रीको बचाउमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनु, गृहमन्त्रीका दलका नेताबाट प्रधानमन्त्रीको प्रस्ताव आएको जस्ता कुरा राखिएकाले आफूहरू आशङ्का गर्न बाध्य भएको भन्दै संसदीय छानबिनमार्फत निर्दोष रहे या नरहेको परीक्षण गरिनुपर्ने बताए। उनले सहकारी ठगी प्रकरणमा दोष कम्पनी या व्यक्तिले बेहोर्नुपर्ने विषय पनि बहसको क्रममा रहेको भन्दै युनिटी ठगी प्रकरणमा सर्वोच्च अदालतले स्थापना गरेको नजिरले ग्यालेक्सी टेलिभिजन जोडिएको प्रकरणमा लामिछाने पनि तानिने तर्क गरे। शर्मा भन्छन्, “आधा दर्जनभन्दा बढी सहकारीको ८० करोड रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ। त्यो समयमा जीबी राईपछि दोस्रो महत्त्वपूर्ण जिम्मेवारीमा रवि लामिछाने हुनुहुन्थ्यो। उनासी सालको असार १ गतेसम्म उहाँ गोर्खा मिडियाको सञ्चालक पनि हुनुहुन्थ्यो  ।  यो विषयमा प्रधानमन्त्रीले स्पष्टसँग भनिसक्नुभएको छ, स्वयं गृहमन्त्री र प्रहरी प्रमुखले उहाँहरूको मुद्दाको विषयमा बोलिसक्नुभएको छ। उहाँमाथि उठेका प्रश्नहरूबारे गृहमन्त्रीले संसद्‌बाट स्पष्ट पार्नुहुन्छ। तर त्यति हुँदा पनि नेपाली कांग्रेसजस्तो पार्टीले संसद् अवरुद्ध पार्छ भने त्यसमा हाम्रो कुनै प्रतिक्रिया वा योजना अहिलेसम्म छैन।”

ज्येष्ठ नागरिकहरु, एकल महिला तथा भिन्न क्षमताका व्यक्तिहरुलाई धार्मिक स्थल भ्रमण

ज्येष्ठ नागरिकहरु, एकल महिला तथा भिन्न क्षमताका व्यक्तिहरुलाई धार्मिक स्थल भ्रमण गराउदै टोखा नगरपालिका वडा नं ६

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली
हाम्रा पुजनिय पिता बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नम्बर २ बह्मपुर निवासी स्वर्गीय पुर्खानन्द भट्टको यही चैत्र ६ गतेका दिन भएको असाहमयीक निधनले हामी अत्यन्तै दुखी एंबम मर्माहत भएका भएका छौ । शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै बैकुण्ठमा बास होस् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
धर्मपत्नी ः गोमती देवी भट्ट
छोराहरु ः गणेश दत्त भट्ट, तारा दत्त भट्ट
बुहारी ः पार्वती भट्ट
नातीहरु ः भुवन भट्ट, आर्दश भट्ट
बहिनी ज्वाई ः लक्ष्मी जोशी, ईश्वर दत्त जोशी
भान्जा ः महेश दत्त जोशी, नारायण दत्त जोशी
छोरीहरु ः मानमती भट्ट, जानकी जोशी, बबिता अवस्थी, जयन्ती भट्ट
छोरी ज्वाईहरु ः मोहनदेव भट्ट, दीपक राज जोशी, जग्दीश प्रसाद अवस्थी
छोरी नाति नातिनिहरु ः राधिका, नविन, रिता, प्रकाश, मनोज, आस्मा र आशिष्
एवंम समस्त भट्ट परिवार दोगडाकेदार गाउँपालिका वडा नम्बर २ बह्मपुर बैतडी

सार्वजनिक अतिक्रमीक जग्गा खालि गर्न डोजर लाउन नपारोस – नगर प्रमुख प्रकाश अधिकारी 

टोखा नगरपालिकाले सार्वजनिक अतिक्रमीक जग्गा खालि गर्न डोजर लाउन नपारोस भन्दै नगर प्रमुख प्रकाश अधिकारीले अभिक्क्ति दिनुभएको छ ।

नेपालकै पहिलो सुरुङको यात्रा

नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गबाट यात्रा गर्दा बारा जिल्लाको चुरियामाई मन्दिर छेवैमा राजमार्गसँगै एउटा छहारी लगाइएको संरचना छ। राजमार्गको साँधैबाट सुरु भएको छहारी चुरेको पहाडी भित्तासम्म पुग्छ र एउटा कालो रङ लगाइएको ढोकामा पुगेर अन्त्य हुन्छ। त्यो कालो रङ्ग लगाइएको ढोकाभित्र छ नेपालकै पहिलो गाडी गुडाउन बनाइएको सुरुङ मार्ग। महेन्द्र राजमार्ग तर्फबाट प्रवेश गर्दा यो सुरुङ चुरियामाई मन्दिरमा निस्कन्छ। मन्दिरमा राखिएको एउटा शिलालेखमा सुरुङ मार्गको ऐतिहासिक पक्षबारे चर्चा गरिएको छ।

नेपाली इन्जिनियर डिल्लीजङ थापाले अवधारणा तयार गरेको यो सुरुङलाई शिलालेखमा ‘दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङ मार्ग’ भएको दाबी समेत गरिएको छ। नेपालका विभिन्न ठाउँ घुमेका भूगोलविद् टोनी हागन सहितका अन्तर्राष्ट्रिय पुस्तकहरूमा समेत चर्चा गरिएको यो सुरुङ विगत कैयौँ दशकदेखि अलपत्र थियो। नेपालमा सडक सञ्जाल बन्नुअघि नै भारतमा ब्रिटिश शासनकालमा रेल सञ्जाल बनिसकेको थियो। भारतबाट नेपालको अमलेखगन्जसम्म रेल आउने गरेको चर्चा विभिन्न ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ। “तत्कालीन समयमा त्रिभुवन राजपथ महेन्द्र राजमार्गहरू नहुँदाखेरि भीमफेदीसम्म साना खालका यातायातका साधनहरू गुड्न मिल्ने गरी यो सुरुङ बनाइएको थियो,”

भारतको बाटो हुँदै नेपालको राजधानी काठमाण्डू आउने मानिसहरू अमलेखगन्जसम्म रेलमा आएर त्यहाँबाट गाडीमा भीमफेदीसम्म आउने र त्यहाँबाट हिँडेर राजधानी प्रवेश गर्ने गरेको अभिलेखहरूमा भेटिन्छ। अमलेखगन्जबाट भीमफेदीसम्म सडक बनाउने क्रममा बीचमा पर्ने चुरेको पहाड छल्न तत्कालीन इन्जिनियर थापाले ५०० मिटर लामो यो सुरुङको अवधारणा तयार गरेका थिए। सन् १९५० को अक्टोबरमा रक्सौल हुँदै नेपाल आएका भूगोलविद् टोनी हागनले अमलेखगन्जबाट हेटौँडासम्म आउँदा घना जङ्गल रहेको र आसपासमा बस्ती नरहेको आफ्नो संस्मरणात्मक पुस्तक नेपाल द किङ्गडम इन द हिमालयमा उल्लेख गरेका छन्। “मलाई अमलेखगन्जमा पर्खिरहेको महाराजाले पठाएको अटोमोबाइलले हामीलाई कच्ची बाटो हुँदै चुरिया क्षेत्रमा एउटा सय मिटर जति लामो सुरुङबाट एउटा फराकिलो उपत्यकामा निकाल्यो। भारतबाट काठमाण्डू आउँदा यो उपत्यकामा हेटौँडाको सानो बजारबाहेक अन्य बस्ती थिएन,” हागनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। उनका अनुसार सन् १९५० को दशकमा नेपालमा करिब ३७६ किलोमिटर लामो सडक बनिसकेको थियो र काठमाण्डू उपत्यकामा करिब १०० वटा मोटर भित्रिइसकेका थिए। तर कुलेखानीदेखि फर्पिङबीचमा करिब ४० किलोमिटर जटिल पहाडी भूभागमा सडक नहुँदा ती गाडीहरू चित्लाङको बाटो बोकाएर काठमाण्डू ल्याइने गरिएका थिए।

अठारौं नेशनल एजुकेशन अवार्ड सम्पन्न, शिक्षा पत्रकार सुनिल आचार्यसहित ५५ पुरस्कृत

चैत्र ६, काठमाडौं । शिक्षा पत्रकार सुनिल आचार्य र पार्वता चौधरीसहित ५५ जना पुरस्कृत भएका छन् । पर्यटन बोर्डको सभाकक्षमा शिक्षालय मासिकले आयोजना गरेको “अठारौं नेशनल एजुकेशन अवार्ड-२०८०” मा जुपिटर मिडियाका आचार्य र रेडियो कान्तिपुरकी चौधरीलाई नगद रु १० हजारसहित शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई विभिन्न अवार्डबाट पुरस्कृत र सम्मानित गरिएको हो । पुरस्कृत र सम्मानित हुनेहरुमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाल आदि रहेका थिए ।

यसैगरी एनसिसिएस कलेज, पकानाजोल, सेन्ट लोरेन्स कलेज चावहिल, प्राइम कलेज खुसिबु, महेश विद्याश्रम तनहुँ, सेन्ट जेवियर्स स्कुल गोदावरी आदि शैक्षिक संस्थाहरु विभिन्न विधामा पुरस्कृत भएका छन् ।

सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण रहेको राज्यको वृहत लगानी रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए । शैक्षिक परिपाटीलाई परिष्कृत गर्न शिक्षालयहरुमा योग र ध्यान अभ्यास जोड्न श्रेष्ठले सुझाव दिए ।

शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्ति र संस्थालाई उर्जा प्रदान गर्न विभिन्न विधि र प्रकृयामार्फत पुरस्कृत सम्मानित र छनौट गरिएको पुरस्कारका निर्णायक समिति संयोजक प्रकाश सिलवालले बताए ।

शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न बार्षिक रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको शिक्षालय मासिकका प्रधान सम्पादक श्याम तण्डुकार जाकारी दिए ।

कार्यक्रमको सहजीकरण संचारकर्मी दिनेश डिसिले गरेका थिए ।

बागलुङ बस दुर्घटनामा ९ जानेको ज्यान गयो , २८ घाइते

६ चैत, बागलुङ । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ  भने २८ जना घाइते छन् ।  बागमती प्रदेश ०१(००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।  दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।