कतारका राजा नेपाल आइपुगे

कतारका राजा नेपाल आइपुगे

दुईदिने राजकीय भ्रमणमा नेपाल आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेको छ। कतारका अमिरको सुरक्षाको भित्री तहको जिम्मेवारी नेपाली सेनाले र बाहिरी तहको सुरक्षा अन्य सुरक्षा निकायले गर्ने सुरक्षाको प्रबन्ध मिलाइएको छ। कतारका अमिर निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। उनी मङ्गलवार नेपाल आइपुग्नुअघि नै कतारका सुरक्षा अधिकारीहरू नेपाल आएको थियो ।

राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा मङ्गलवार साँझ नै राजकीय भोज दिने कार्यक्रम छ। राजकीय भोजमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने छन्।उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवार द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। अधिकारीहरूले श्रम सम्झौता नवीकरण लगायतका मुद्दा यो भ्रमणका क्रममा उठाउने बताए पनि अहिलेसम्म खेलकुद, सञ्चारसहित कतिपय विषयमा सम्झौता र समझारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा

इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदमा संवत् २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता 2080।12।28 गते देखि निर्वाचन सम्पन्न नभएसम्म लागूeई सकेको छ ।

उक्त निर्वाचन आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्चाउने, दुषप्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टिका टिप्पणी गर्न गराउने नहुने ब्यवस्था रहेको छ । त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रति कमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्र हत्या गर्न, ब्यक्तिगत लान्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन पूर्ण रुपमा निषेध गरिएको छ ।आचारसंहिताको उक्त ब्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी आचारसंहिता विपरीतको कुनै कार्य भए गरेमा तत्काल कारवाही गर्न आयोगले देहाय बमोजिम निर्णय गरेको हुँदा सम्वन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

 

  • सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन सम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको लागि आयोग समक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन ईकाइ गठन गरी जिम्मेवारी दिने ।

 

  • आमसञ्चार माध्यमबाट हुने गलत, भ्रामक, झुठा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चार माध्यमको अनुगमन तथा कानून बमोजिम आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने ।

 

  • सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्वन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने ।

 

 

 

(शालिग्राम शर्मा पौडेल)

सह सचिव एवम् प्रवक्ता

US stocks tumble as investors await Israel’s response to Iran’s attack

US stocks were rocked by hot economic data and worries about an escalation of tensions in the Middle East, with the Dow swinging through 600 points Monday. The Dow fell 248 points, or 0.7%, giving up earlier gains. The S&P 500 fell 1.2% and the Nasdaq Composite lost 1.8%. CNN’s Fear & Greed Index, which measures seven barometers of market sentiment, fell to a “fear” reading for the first time since November.

Oil prices cooled on Monday, despite Iran launching an unprecedented attack on Israel over the weekend. The price of Brent crude fell to settle at $90.10, while US WTI crude dropped to settle at $85.41 a barrel on Monday. Traders are waiting to see what Israel does next. That comes after oil prices hit their highest levels since October on Friday in anticipation of retaliation by Tehran for a suspected Israeli strike on an Iranian diplomatic complex in Syria. US crude futures have risen roughly 19% this year. Brent crude, the global oil benchmark, has surged about 17%. Elsewhere, Treasury yields spiked after US retail sales data showed that spending rose in March for the second-straight month, underscoring the US consumer’s resilience despite interest rates perched at a 23-year high. Investors have worried in recent weeks that inflation remains too sticky and the economy too strong for the Federal Reserve to cut interest rates anytime soon. Europe’s benchmark Stoxx 600 index ticked up 0.1%, while Germany’s DAX and France’s CAC 40 gained 0.5% and 0.4% respectively. London’s FTSE 100 fell 0.4%. Hong Kong’s Hang Seng Index closed down 0.7%. Japan’s Nikkei 225 closed 0.7% lower, but China’s Shanghai Composite Index finished 1.3% higher. Gold futures rose to settle at roughly $2,383 a troy ounce on Monday. They are up 16% this year.

The Middle East was plunged into uncharted waters after Iran launched scores of missiles toward Israel late Saturday. Israel’s military said “99%” of the more than 300 projectiles were intercepted by Israel and its partners. Before Iran’s attack, US stocks ended Friday sharply lower, as Wall Street worried about escalating tension in the Middle East. But US stocks started Monday cautiously higher after US President Joe Biden and his national security team, seeking to contain the risk of a wider regional war, told their counterparts the US will not participate in any counter-strike against Iran.

ओलाङचुङगोलामा गाडी गुड्यो

चीन नेपालको सीमामा अवस्थित ओलाङचुङगोलामा सडकको ट्र्याक खोल्ने काम सकेर पहिलो पटक चार पाङ्ग्रे सवारी साधन पुर्‍याएका उक्त सडक नेपाल चीन र भारतबीचको सम्पर्क सञ्जाल विस्तारको एउटा प्रमुख कडी बन्न सक्ने विश्वास गरेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्ना दलका केही नेता र सरकारका दुई मन्त्रीहरू लिएर बिहीवार ओलाङचुङगोला पुगेका थिए। सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राख्दै उनले पहिलो पटक उक्त ठाउँमा सडक पुगेको बताए। उनले जोगबनी हुँदै भारत र चीन जोडिने त्यो सबैभन्दा छोटो मार्ग भएको बताएका छन्। सडक विभागका अधिकारीहरूले ट्र्याक खुले पनि तत्कालका लागि फाट्टफुट्ट गाडी गुड्ने अवस्थामात्रै रहेको भन्दै उक्त सडकलाई कालोपत्रे गर्ने सहितका बाँकी काम पूरा गर्न कम्तीमा विक्र‍म संवत् २०८६ सालसम्म लाग्नसक्ने जनाएका छन्।

तमोर कोरिडोर राष्ट्रिय गौरवको परियोजनाका रूपमा सूचीकृत गरिएको छैन। तर कोशी प्रदेशको सीमामा अवस्थित जोगबनीदेखि चीनसम्म सिमामा रहेको सङ्खुवासभामा अवस्थित किमाथाङ्कासम्मको कोशी कोरिडोरमा अब तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सुनिश्चितता भए कामले अझ तीव्रता पाउन सक्ने धारणा राखेका छन्। आर्थिक वर्ष २०६६-६७ बाट सुरु भएको यो परियोजना अन्तर्गत उक्त खण्डमा हालसम्म करिब २० प्रतिशत काम सकिएको उनको भनाइ छ।

तमोर नदी हुँदै यो राजमार्ग अघि बढ्नेछ

चतराबाट तमोर नदीको किनारै किनार सुभाङखोलासम्मको सडक निर्माणको जिम्मा पाएका अधिकारीहरूले कुल ११२ किलोमिटर खण्डमा करिब ३० प्रतिशत भौतिक प्रगति भएको जनाएका छन्।  “चतरादेखि मूलघाटसम्म ४३ किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का लगाउन बाँकी छ। तर मूलघाटबाट ११२ किलोमिटर गणेश चोकसम्म ठेक्का लगाएका छौँ। उनले उक्त खण्डका लागि ४ अर्ब २५ करोड रुपैयाँ लाग्ने भए पनि यस आर्थिक वर्षमा जम्मा ५८ करोड रुपियाँ मात्रै बजेट आएको बताए। “बेला बेलामा बजेटको अभाव हुन्छ। हामीले चतराको पुलबाट मूलघाटसम्म ठेक्का लगाउने प्रयोजनका लागि २ अर्ब २५ करोड रुपैयाँ मागेका छौँ,” उनी भन्छन्। “अर्थ मन्त्रालय पुगेर स्रोत सहमति आएको छैन। अहिले बनेको बाटोलाई धेरै सुधार गर्नुपर्ने अवस्था छ।”

काठमाण्डूबाट सेनाको हेलिकोप्टरमा गएका पूर्व प्रधानमन्त्री ओली ओलङचुङगोलामा जीप चढ्दैं

पूर्व प्रधानमन्त्री ओली ओलङचुङगोलामा जीप चढ्दै

ओलाङचुङगोला पुगेका पूर्वप्रधानमन्त्री ओलीले नेपाल र चीनबीच विगतमा आफ्नो कार्यकालमा पारवहन सन्धि भएपछि यो सहित ९ वटा सडक मार्गले नेपाल र चीनलाई जोड्ने योजना बनाएको उल्लेख गरेका छन्। केही महिना अघिसम्म उक्त आयोजना कार्यालयको प्रमुख भई ताप्लेजुङमा कार्यरत अमिन्द्र खड्का गल्छी-त्रिशुली हुँदै मैलुङ र त्यहाँबाट ठोरी हुँदै सडक मार्ग निर्माण नगरिएसम्मको अवस्थामा नेपाल हुँदै भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो बाटो तमोर कोरिडोर हुने बताउँछन्।  “तमोर कोरिडोरको रेखाङ्कन चाहिँ चतरा हुँदै हो तर मैले धरानपट्टिबाट हिसाब गर्दा २९५ किलोमिटर जति दूरी देखिएको छ। चतरातर्फबाट गर्‍यो भने १५ किलोमिटर जति धेरै होला।” यो सडक मार्गलाई दुई लेनमा विकास गर्ने लक्ष्य राखिएकाले र नेपाल तर्फको अन्तिम बजार मान्ने गरिएको र ओलाङचुङगोलाबाट टिप्ताला झन्ज्याङसम्म स्थानीय बासिन्दाको पहलमा पहिला नै ट्रयाक खुलिसकेको उनले सुनाए। अमिन्द्र खड्काले  थपे, “ओलाङचुङगोलाबाट टिप्ताला भन्ज्याङसम्म पुग्न २० किलोमिटर जति लाग्छ। त्यहाँबाट रिऊ बजार जान १६ किलोमिटर लाग्छ। त्यहाँ केही सय घर भएको बस्ती नै रहेछ। उत्तरी मानिसहरूको कुरा सुन्दा ठ्याक्कै कलकत्ता बन्दरगाहको छोटो बाटो भनेर यसलाई भन्ने पनि गरिएको छ। नेपालतर्फबाट बिहार र उत्तर प्रदेश जान यताबाट छोटो पर्छ भन्ने कुरा रहेको छ।”

निजी सुरक्षा गार्ड हतियारसहित सर्वोच्च अदालतको ढोकाबाट पक्राउ परेपछि निजी हतियारबारे चर्चा हुँदै

हालै व्यवसायी दुर्गा प्रसाईका निजी सुरक्षा गार्ड हतियारसहित सर्वोच्च अदालतको ढोकाबाट पक्राउ परेपछि अहिले इजाजत दिइएका हातहतियार सम्बन्धी विवरणको तालिकीकरण र विश्लेषण भइरहेको गृह मन्त्रालयले जनाएको छ। चैत ५ गतेको घटनापश्चात्‌ गृह मन्त्रालयले निजी हतियारबारे ७७ वटै जिल्लाबाट प्राप्त विवरण एकीकृत तथा विश्लेषण गर्ने काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरि इजाजत दिइएका निजी हतियारसम्बन्धी विवरण पठाउन सबै प्रमुख जिल्ला अधिकारीहरूलाई चैत ६ गते निर्देशन दिएका थिए। त्यसपछि चैत १६ गते गठित समितिलाई हातहतियार राख्न पाइनेबारे विद्यमान कानुन अनि त्यसको अभ्यासबारे के के सुधार गर्नुपर्छ भन्ने विषयमा सुझाव दिन भनिएको छ। संवेदनशील क्षेत्रमा हातहतियार लिएर जान सक्ने सम्भवनालाई कसरी नियन्त्रण एवं नियमन गर्न सकिन्छ र थप के व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा पनि समितिलाई कार्यादेश रहेको उपसचिवले बताए।

उपसचिवका अनुसार अहिले देशभरि इजाजतपत्र दिइएका हतियार मध्ये नवीकरण नगरिएका हतियारको हिस्सा ठूलो रहेको छ। पाँच वर्षसम्म नवीकरण गर्न नसक्ने व्यक्तिको निजी हतियार जफत र इजाजतपत्र रद्द गर्न सकिने कानुनी व्यवस्था छ।

कांग्रेसको अल्टिमेटमपछि रवि लामिछाने जोडिएको सहकारी प्रकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले विपक्षी नेपाली कांग्रेसले माग गरेअनुरूप सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्ने माग आफ्ना लागि अस्वीकार्य हुने बताएका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै त्यस्तो समिति गठन हुन नसके आगामी संसद् बैठक चल्न नदिने बताएका थिए।

संसद्को आगामी चैत २७ गतेका लागि निर्धारित बैठकको सम्भावित कार्यसूचीमा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।  ग्यालेक्सी टेलिभिजनका तात्कालिक प्रबन्ध निर्देशक रहेका लामिछानेले उक्त टेलिभिजनका कार्यकारी अध्यक्ष जीबी राईले गरेको भनिएको करोडौँ रुपैयाँको सहकारी ठगीमा साथ दिएको आरोप लगाउँदै आएको कांग्रेसले उनलाई रोस्ट्रममा उभिएर बोल्न नदिने रणनीति लिँदै आएको थियो।  नेपाली कांग्रेसले ५०,००० मानिसहरू सहकारी ठगी प्रकरणबाट प्रभावित भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्रीको सन्दिग्ध भूमिका देखिएको भन्दै बुधवार संसदीय छानबिन समिति गठन गर्न अल्टिमेटम दिएको थियो।

 प्रतिनिधिसभा बैठकमा समय मागेर विस्तारपूर्वक कुरा राख्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वाग्रह राखेर आफूहरूले उक्त मुद्दा नउठाएको भन्दै लामिछाने गृहमन्त्री बनेसँगै “स्वार्थको द्वन्द्व” देखा परेको र सहकारीमा भएका अनियमिततासम्बन्धी अनुसन्धानहरू प्रभावित हुन सक्ने आशङ्का व्यक्त गरे।   “विगतमा हामीले यो मुद्दा यस कारण उठाएनौँ किनभने तत्कालीन गृहमन्त्रीले निर्देशन दिइसक्नुभएको थियो। पोखरामा सीआईबीले अनुसन्धान थालिसकेको थियो। …स्वाभाविक छ कि त्यो अवस्थामा यो विषय यति गम्भीरताका साथ उठ्दैन थियो। तर जब सरकारको गृह मन्त्रालयको नेतृत्व पनि बदलियो, छानबिन हुने प्रक्रिया पनि रोकियो।  कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति नबने संसद् चल्न नसक्ने चेतावनी दिएका छन्

शर्माले नियमित छानबिन प्रक्रिया रोकिनु, स्वार्थको द्वन्द्व देखा पर्नु, गृहमन्त्रीको बचाउमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनु, गृहमन्त्रीका दलका नेताबाट प्रधानमन्त्रीको प्रस्ताव आएको जस्ता कुरा राखिएकाले आफूहरू आशङ्का गर्न बाध्य भएको भन्दै संसदीय छानबिनमार्फत निर्दोष रहे या नरहेको परीक्षण गरिनुपर्ने बताए। उनले सहकारी ठगी प्रकरणमा दोष कम्पनी या व्यक्तिले बेहोर्नुपर्ने विषय पनि बहसको क्रममा रहेको भन्दै युनिटी ठगी प्रकरणमा सर्वोच्च अदालतले स्थापना गरेको नजिरले ग्यालेक्सी टेलिभिजन जोडिएको प्रकरणमा लामिछाने पनि तानिने तर्क गरे। शर्मा भन्छन्, “आधा दर्जनभन्दा बढी सहकारीको ८० करोड रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ। त्यो समयमा जीबी राईपछि दोस्रो महत्त्वपूर्ण जिम्मेवारीमा रवि लामिछाने हुनुहुन्थ्यो। उनासी सालको असार १ गतेसम्म उहाँ गोर्खा मिडियाको सञ्चालक पनि हुनुहुन्थ्यो  ।  यो विषयमा प्रधानमन्त्रीले स्पष्टसँग भनिसक्नुभएको छ, स्वयं गृहमन्त्री र प्रहरी प्रमुखले उहाँहरूको मुद्दाको विषयमा बोलिसक्नुभएको छ। उहाँमाथि उठेका प्रश्नहरूबारे गृहमन्त्रीले संसद्‌बाट स्पष्ट पार्नुहुन्छ। तर त्यति हुँदा पनि नेपाली कांग्रेसजस्तो पार्टीले संसद् अवरुद्ध पार्छ भने त्यसमा हाम्रो कुनै प्रतिक्रिया वा योजना अहिलेसम्म छैन।”

सार्वजनिक अतिक्रमीक जग्गा खालि गर्न डोजर लाउन नपारोस – नगर प्रमुख प्रकाश अधिकारी 

टोखा नगरपालिकाले सार्वजनिक अतिक्रमीक जग्गा खालि गर्न डोजर लाउन नपारोस भन्दै नगर प्रमुख प्रकाश अधिकारीले अभिक्क्ति दिनुभएको छ ।