काजु खानुका चमत्कारी फाइदा

काजु खानुका चमत्कारी फाइदा

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानु स्वादका लागि मात्र नभई स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ ।  काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ । काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

काजु खानुका फाइदा:

१ काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुदाँ यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ । यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्न मद्दत गर्छ ।

२ काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

३. यसमा कयौ प्रकारका भिटामिन पाइन्छ, जसले हाम्रो शरीरलाई मजबुत बनाउँछ ।  काजुमा सोडियमको मात्रा कम हुनुका साथै पोटासियमको मात्रा धेरै हुन्छ , जसले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

४ यसमा फस्फोरसको मात्रा यथेष्ट हुन्छ। जसले हाम्रो दाँतलाई मजबुत बनाउँछ । काजु हाम्रो स्वास्थयको लागि पनि निकै लाभदायक छ किनकी यसले हाम्रो शरीरलाई कमजोर हुन दिदैन ।

५. काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।  काजुको तेलले दुवीको सेतो दाग कम गर्छ ।

६.काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।

७.काजुमा सेलेनियम तथा भिटामिन इ भरपुर मात्रामा हुन्छ, जसले शरीरलाई विभिन्न समस्याबाट बचाउँछ। यसले पाचन शक्ति बढाउँछ र क्यान्सरको जोखिम कम गर्छ । यसमा जींक तत्व पनि पाइने हुदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।

८ काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ ।  काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।

विभिन्न किसिमका सागपात खानुका फाइदा

हाम्रो शरीरलाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सी का साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ । हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् ।  नियमित साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ । हरियो साग तरकारीहरु स्वास्थ्यको दृष्टिकोणले बहुउपयोगी मानिन्छ  ।व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यसको लागी हरियो साग नियमित रूपमा खानुपर्छ ।

हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ । एन्टीअ क्सि,डेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पु¥र्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

विभिन्न किसिमका सागपातहरुले  हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, फलाम, पोटासियमजस्ता तत्वहरू प्रदान गर्छ ।

मेथीको साग : मेथीको सागलाई प्राचीनकालदेखि हर्बल जडिबुटिको रुपमा प्रयोग गरिंदै आएको छ । यसको पात तितो भएपनि  विभिन्न रोगहरू निको पार्न सहयोग गर्दछ ।यसमा विभिन्न पौष्टिक पदार्थहरू पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।  एक चिया चम्चा मेथीको गेडामा ३५ ग्राम क्यालोरी साथै अन्य पोषक पदार्थहरू पाइन्छ । यसले पेटसम्बन्धी समस्याको समाधानमा मद्दत गर्दछ । यसले मधुमेह, उच्च रक्तचाप, कब्जियत, बाथ रोगमा निको पार्न सहयोग गर्दछ । मेथी  सौन्दर्यका लागी पनि प्रयोग गर्न सकिन्छ । मेथीले कपाल लामो र चम्किलो पार्दछ ।

पालुङ्गोको साग : पालुङ्गोको सागमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट ,पोटासियम, भिटामिन ए, के र फाइबर पाइन्छ । यसले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, रक्तअल्पताको लागि लाभदायक हुन्छ । पालुङ्गोको सागले आँखा, छाला र कपाललाई स्वस्थ राख्छ ।

रायोको साग  : रायोको साग हामी सबैको भान्छामा पाइने तरकारी हो । रायोको सागमा हाम्रो शरीरलाई अत्यावश्यक खनिज पदार्थ जस्तै फलाम, पोटासियम, क्याल्सियम जिन्क, भिटामिन ए, के, सी प्रशस्त मात्रामा पाइन्छ । रायोको साग नियमित खानाले हड्डी खिइने, रक्त अल्पता, मुटुरोग, प्रोस्टेट क्यान्सर इत्यादि रोगहरूबाट बचाउँछ ।

तोरीको साग : तोरीको सागले खानाले पाचन प्रणाली, मुटु, मस्तिष्कलाई स्वस्थ राख्दछ । यसमा खनिज, फाइबर, भिटामिन के, ए, सी, ई र फोलेट पाइन्छ । एन्टीअक्सिडेन्ट र एन्टीइन्पलामेन्टरी पाइने हुनाले यसले पिसाब थैली, ठुलो आन्द्रा, फोक्सो र डिम्बाशयको क्यान्सर हुनबाट बचाउँछ ।

सिस्नु  : सिस्नु गरिबले खाने तरकारीका रुपमा प्रचलीत थियो । तर हाल यसको बहुउपयोगीताको बारेमा जानकारी पाएपछि सबैले खान थालेका छन् । सिस्नु  रक्तअल्पता, मधुमेह, उच्चरक्तचाप र दमरोगका बिरामीहरुको लागी महत्वपुर्ण र फाइदाजनक तरकारी हो । यसको सेवनले  सुत्केरी आमाको दूधको मात्रा बढाउँछ, घाउ निको गर्छ, कपाल बढाउँछ, रगतमा भएको विष सफा गर्छ, मृगौलाको पत्थरी हुनबाट बचाउँछ ।

चम्सुरको साग : चम्सुरको सागमा भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । आँखाको ज्योती बढाउँछ । रतन्धो, मोती बिन्दुबाट बचाउँछ । चम्सुरको सागले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

कर्कलो : कर्कलोमा प्रशस्त मात्रामा फाइबर, भिटामिन ए, सी, इ र फोलेट पाइन्छ । कर्कलो एन्टिअक्सीडेन्टको स्रोत हो । कर्कलोले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ, कोलोस्टेरोल नियन्त्रण गर्छ, आँखा, छाला, गर्भाअवस्थामा भुण्रलाई स्वस्थ राख्छ, रक्तअल्पता कम गर्न सहयोग गर्दछ ।

बेथेको साग: बेथेको सागमा विभिन्न किसिमका पोषक पदार्थहरू जस्तै रेशा, भिटामिन ए, सी र खनिजहरू जस्तै क्याल्सियम, फलाम, पोटासियम, फोस्फोस्रस, म्याग्नेसियम र जिङ्क पाइन्छ । बेथेको सागको प्रयोग गर्नाले कब्जियत, पाइल्स, स्कर्बी, रक्तअल्पता, जुका, मृगौलाको पत्थर, मुखको अल्सर, स्वास गन्हाउने समस्या हटाउन मद्दत गर्दछ । मस्तिष्क र शरीरलाई स्वस्थ राख्छ । रगत सफा गर्छ । यस्तो बहुगुणी बेथेको सागलाई नियमित रुपमा प्रयोग गर्न सके विभिन्न खतरनाक रोगहरूबाट बच्न सकिन्छ ।

बदाम खानुका फाइदाहरू

बदाम खानु  स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ ।बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।  धेरैजसो मानिस स्वादका लागि बदाम खाने गर्छन् । तर, बदाममा स्वास्थ्यका लागि आवश्यक थुप्रै तत्व लुकेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन हाम्रो शारीरिक वृद्धिका लागि अत्यन्त महत्वपूर्ण छ । यदि तपाईंहरू केही कारणले दूध पिउनुहुन्न भने यसको सबैभन्दा राम्रो विकल्प बदाम हुन सक्छ । बदाममा पर्याप्त मात्रामा आइरन र क्याल्सियम पनि पाइन्छ ।स्वास्थ्य विज्ञहरुका अनुसार ५५ भन्दा कम ग्लाइसेमिक इन्डेक्स भएको खानेकुरा मधुमेहका रोगीका लागि फाइदाजनक हुन सक्छ।  यसबाहेक यो खानाले शरीरमा तागत पनि बढ्छ । यो भिटामिन ‘ई’ र भिटामिन ‘बी’ को पनि राम्रो स्रोत हो । यस्ता छन् बदाम खानुका फाइदाहरू:-

१. बदाममा भएको तत्वले पेटसँग सम्बन्धित धेरै समस्या समाधान गर्न सघाउँछ । यसको नियमित सेवनले कब्जियतको समस्या हट्छ । बदाम खानाले  शरीर भित्रको गर्मी कम गर्न पनि सहयोगी हुन्छ, जसले दीर्घकालीन रोगको जोखिमलाई कम गर्न सक्छ।

२. बदाम खानाले शरीरमा तागत आउँछ । यसको अलावा यसले पाचन क्रियालाई सन्तुलित गर्न मद्दत गर्छ ।बदाममा फाइबरको मात्रा उच्च    हुन्छ।

३. गर्भवती महिलाका लागि बदाम धेरै नै फाइदाजनक छ । यसले गर्भमा हुर्किरहेको बच्चाको वृद्धि र विकासमा मद्दत पुर्याउँछ ।

४. बदाम खानाले महिला र पुरुषको हर्मोनहरू सन्तुलनमा राख्न मद्दत पुग्छ ।

५. बदाम खानाले मुटुसँग सम्बन्धित रोग लाग्ने खतरा कम हुन्छ ।बदाममा स्वस्थ फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्ट, तामा र अन्य आवश्यक पोषक तत्व पाइन्छ जसले नसालाई स्वस्थ राख्न मद्दत गर्छ। यसले गर्दा मुटुमा पर्ने तनाव कम हुन्छ। त्यसैले मुटुरोगको जोखिम कम गर्न              बदाम खानु फाइदाजनक हुन्छ।

६. बदामको नियमित सेवनले शरीरमा रगतको कमी हुन पाउँदैन ।

७. यसमा क्याल्सियम र भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । त्यसैले यसको सेवनले हाड बलियो बन्छ ।

८. यसको नियमित प्रयोगले भोक नलाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । साथै, फोक्सोलाई पनि यसले मजबुत बनाउँछ ।

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्रीको मृत्यु

युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।  मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्। मृत्यु हुनेमा एकजना बालबालिका पनि छन्। ११ जना बालबालिकासहित २५ जना उक्त घटनामा परेर घाइते भएको बताइएको छ। मृत्युका बिषयमा फरकफरक विवरणहरू आइरहँदा त्यस्तो वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘कालो बिहान’ बताउँदै मृत्यु भएका मन्त्रीहरूलाई ‘साँच्चिकै देशभक्त’ भनेका छन्।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्। त्यो दुर्घटनाबाहेक अरु केही भएको सङ्केत देखिएको छैन तर प्रत्यक्षदर्शीहरूले उक्त विपद्का लागि रुसको युद्धलाई दोष दिएका छन्। एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ। जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।

शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँका कर्मचारीलाई अन्यत्र लगिएको थियो। दुर्घटना हुँदा त्यहाँ निकै अँध्यारो थियो र हुस्सु लागेको थियो। प्रारम्भिक विवरणहरूका अनुसार दुर्घटनाअघि हेलिकप्टर उक्त विद्यालयको भवनमा ठोक्किएको थियो। पछि हेलिकप्टर एउटा आवासीय भवननजिकै पुगेर खसेको थियो।

Tara air accident

पोखराको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि

१ माघ, पोखरा : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । दुर्घटनामा ६८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।  पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो । उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया,  लक्ष्मी पौडेल,  प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको अस्पताल प्रशासनले जनाएको छ ।

अमेरिकामा चीनबाट आउने यात्रुहरूको अनिवार्य कोभिड परीक्षण

कोरोनाभाइरस सङ्क्रमण उल्लेख्य रूपमा बढिरहेको भए पनि चीनले आफ्नो सीमा पुन: खुला गर्ने घोषणा गरेसँगै अमेरिकाले नयाँ नियमको घोषणा गरेको छ । अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ। उक्त नियम ज्यानुअरी ५ बाट कार्यान्वयनमा आउनेछ ।

चीनका छिमेकी देश भारत, जापान र ताइवान तथा इटलीले पनि कोभिड परीक्षणलाई अनिवार्य बनाएका छन्। तर अस्ट्रेलिया र यूकेले चीनबाट आउने यात्रुका लागि त्यस्तो नियम नभएको बताएको छ।

अहिले चीनमा कोभिडका बिरामीहरूको सङ्ख्या बढेको छ जसका कारण केही देशले कोभिडसम्बन्धी आफ्ना नियम पुनर्विचार गर्दैछन्। ठूला सहरहरूमा बिरामीको ठूलो चाप छ र मानिसहरूेल सामान्य औषधि पाउन पनि निकै सङ्घर्ष गर्नुपरेको विवरणहरू प्रकाशित भएका छन्।सोमवार र मङ्गलवार चीनले देशबाट बाहिर जाने वा देशमा भित्रिनेहरूलाई यात्रा सहज बनाइने घोषणा गरेको हो।

अमेरिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यात्रुले विमान चढ्नुभन्दा ४८ घण्टाअघि आफूलाई कोभिड नभएको पुष्टि गर्नुपर्छ। त्यसका लागि पीसीआर वा र्‍यापिड एन्टिजन परीक्षण गर्नुपर्नेछ ।

गुजरातको मच्छू नदीमा झोलुङ्गे पुल खस्दा दर्जनौँको मृत्यु

आइतबार साँझ ६:४० तिर  भारतको पश्चिमी राज्य गुजरातमा  झोलुङ्गे पुल खस्दा कम्तीमा १४१ जना मानिसहरूको मृत्यु भएको छ। मोरबी सहरमा भएको उक्त घटनामा सयौँ मानिसहरू मच्छू नदीमा खसेका थिए। भिडिओ फुटेजहरूमा बच्न सफल भएकाहरू आंशिक रूपमा डुबेको पुलमा झुन्डिएका देखिन्थे। विवरणहरूका अनुसार घटना हुँदा लगभग ४०० मानिसहरू उक्त पुलमा थिए। मर्मत सम्भारपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा उक्त घटना घटेको हो। २३० मिटर लामो ‍औपनिवेशिक समयको उक्त पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिशहरूले शासन गर्दा बनाइएको थियो।  स्थानीय रूपमा जुल्टो पुलका रूपमा चिनिने उक्त पूर्वाधार त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्रबिन्दु समेत हो।

सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन निधन

३० असोज, काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।  ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

डेंगुबाट मृत्यु हुनेको संख्या ४४

२४ असोज, काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।  नेपालमा डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।  मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।

डा. केसीले अनशन तोड्दै

काठमाडौँ — डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । देशभरका सरकारी अस्पतालमा बेडअनुसार दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धिअनुसार अस्पता, ल स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्स-रेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरु उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराईपर्ने माग अघि सारेका छन् । २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, गेटा मेडिकल कलेज तत्काल संचालन गरिनुपर्ने उनको माग छ ।  ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । शनिबार दिउँसो पनि डा. केसीको पक्षमा माइतीघरमा पनि प्रदर्शन भएको थियो । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनी अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत छन् ।  डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेपछि सरकारले उनीसँग सहमति गर्न वार्ता टोली बनाएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्ड विपरीतका नियुक्ति खारेजी, मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत माग सरकारसँग उनले राखेका छन् ।