अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र

अष्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र

अष्ट्रेलियाको एउटा तालिमे कलेजमा नर्सिङ पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थी आफ्नो पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका छन् । कलेज खोल्ने, चलाउने र पढाउने अनुमति भए पनि पढाइलाई नर्सिङ काउन्सिलले मान्यता दिएको थिएन । नर्सिङ पढेकाहरुलाई अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा इन्टर्नसिपका लागि मान्यता दिने रेगुलेटर एजेन्सीले पनि मान्यता नदिने भएपछि विद्यार्थीको डेढ वर्षको पढाइ खेर जाने अवस्था आएको  छ । २४ महिने कोर्स पढ्न अष्ट्रेलियन इन्स्टिच्यूट अफ बिजिनेस टेक्नोलोजी (एआईबीटी) को सिड्नी र बिसबेन कलेज आएका विद्यार्थीहरु अब पढाईले मान्यता नपाउने भएपछि अन्योलमा परेका हुन् ।

१ US $ = ११२.२० रुपैयाँ- डलर किन बढ्यो ?

एक अमेरिकी डलर किन्न अव ११२ रुपैयाँ २० पैसा  भन्दा बढी तिर्नु पर्ने भएको छ । टर्कीको आर्थिक उथल पथलका कारण डलर महँगो भएको छ ।  नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि एक डलर किन्न ११२ रुपैयाँ २० पैसा लाग्ने गरी तोकेको छ । अमेरिकी डलर विक्री गर्दा भने १११ रुपैयाँ ६० पैसा पाइन्छ । प्रति डलर करिब १११ को हाहारीमा मात्र पाइन्छ । यो अहिलेसम्मकै डलर सबैभन्दा महँगो हो ।   नेपालको शेयर बजारमा आएको गिरावट, अमेरिकी डलरको मूल्य वृद्धिले यहाँबाट डलर नेपाल पठाई शेयर बजारमा लगानी गर्न फाइदाजनक हुने अवस्था देखिएको छ ।भारतका वित्तीय विश्लेषकहरूले भारु मूल्य अझ तल झर्न सक्ने बताएका छन् । भारतमा सोमवार एक अमेरिकी डलर किन्न झण्डै ७० भारु तिर्नु पर्ने भएको छ । यही आधारमा एक डलरको मूल्य ११२ नेरु भन्दा माथि पुगेको हो ।