ड्रिम वल्ड अर्थात सपनाको संसार संचालनमा

ड्रिम वल्ड अर्थात सपनाको संसार संचालनमा

काठमाण्डौ, चन्द्रागिरि नगरपालिका वडा नंं-७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ ।निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो। ।६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ। यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भै उकुस-मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको,घुमफिर गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताउनुभयो। उहाँले पत्रकारहरूको जिज्ञाशालाई सम्बोधन गर्दै भनुभयो :”ड्रीमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो ।यो एउटा सपनाको संसार नै हो। यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त बस्तु,चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू प्राप्त गर्न गर्न सकिन्छ।सबै उमेरका ब्यक्तिहरू यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै यहाँ भएको रेस्टुरेन्टमा विभिन्न परिकारहरू खाँदै रमाउन सक्छन्।

नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवन भित्र धेरै सुबिधा प्राप्त गर्न सकिने गन्तव्यका रुपमा यसलाई विकास गरिएको जानकारी गराउंदै उहाँले काठमाण्डौ उपत्यकाको भिडभाडबाट केही पर गएर शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चंद्रागीरिमा अवस्थित यो क्षेत्र आफैंमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने विश्वाश लिएको बताउनुभयो। ड्रिम वर्ल्ड भित्रका आकृति तथा संरचनालाई क्रमश: थ्रीडी आयामको भ्रम (3D ILLUSION),दिव्य कोठा (DIVINE ROOM), भ्रमको हल (HALL OF ILLUSION),बलहरूको क्षेत्र (BUBBLE ZONE),बालबालिका क्षेत्र (KIDS ZONE),प्रेमको यात्रा (JOURNEY OF LOVE ),इन्टरगालेक्टिक स्पेस (INTERGALACTIC SPACE) गरेर सात सेग्मेण्टमा बाँडिएको छ। ब्यस्त जीवनबाट थकित र पट्यार लागेको मानसिकतालाई पुनर्ताजगी दिन, आफ्ना नानीबावुहरूलाई पनि केही सिक्न र सिकाउन Dream World Amusement एउटा उचित गन्तव्य बनेको देखिन्छ । भविष्यमा दर्शकको मागलाई ध्यानमा राखेर खेल तथा मनोरन्जनका लागि यहाँ अन्य थप प्राविधिक तथा सिर्जनात्मक वस्तु तथा प्रस्तुतिहरू जोड्दै जाने हो भने थप आकर्षण बढाउंदै जाने देखिन्छ। शनिवारदेखि १ महिनासम्म सबै आगन्तुकहरूलाई सेवा सुरु भएको अवसरमा नियमित टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति रू ४५० मात्र कायम गरिएको जानकारी ड्रिम वर्ल्डले दिएको छ।

Vianet launches 125 Mbps Internet at Shocking price

Vianet launches 125 Mbps Internet at Shocking price and offers four Incredible Discounts this festive season

Kathmandu, Oct 04, 2023

Vianet, Nepal’s first Fiber Internet, IPTV and Multi-Gig internet (XGS Xtreme) service provider, is
thrilled to announce the launch of 125Mbps at an unbelievable price of Rs. 8400 plus VAT per
year. In celebration of the festive season, Vianet is providing generous discounts of up to 50%
discount for its customers on Ultima Wireless Earbuds and Himstar Appliances.

In Vianet’s “Chad ma Chauka” festive campaign, customers can now enjoy 125 Mbps Internet
for just Rs 8400 plus VAT per year, making this the lowest price offered for this speed in the
market. Along with this, Vianet has also introduced discounted rates for 200Mbps and 300Mbps
packages throughout the duration of this campaign.

To make this offer even more irresistible, Vianet has partnered with trending brands – Ultima
and Himstar to provide exclusive discounts to Vianet customers. Vianet subscribers who opt for
yearly Internet plans will be eligible for the discounts upto 50% on the four popular consumer
electronic items, hence the campaign name “Chad ma Chauka”. The four discounted items
include Ultima Wireless Earbuds, Himstar Smart TV, Refrigerator, and Washing Machine. The
items are a popular purchase amongst netizens during the festive period and are a perfect
addition to their homes to enhance their festivities during Dashain.

 

Here are the amazing discounts available during this limited-time offer.
 Ultima Wireless Earbuds: Available for as low as Rs 1,225 inc. VAT
 Himstar 43-inch Smart TV: Available for as low as Rs 27,500 inc. VAT
 Himstar 55-inch Smart TV: Available for as low as Rs 54,000 inc. VAT
 Himstar Refrigerator: Available for as low as Rs 17,510 inc. VAT
 Himstar Washing Machine: Available for as low as Rs 41,200 inc. VAT

This exceptional offer is valid until 9 th Mangsir, 2080 (25 th November, 2023), providing
customers to enjoy high-speed Internet and incredible discounts exclusively from Vianet with a
fantastic opportunity to upgrade their smart home.

About Vianet:
Vianet is continually driven by its mission of enriching the lives of its customers by providing
the best digital experience at the best possible value. Vianet is a leading Internet and TV
solution provider in Nepal and has been offering its customers new and innovative internet
solutions for both personal and professional usage. For more information regarding Internet
plans, please visit: http://www.vianet.com.np/chadmachauka2080

विदेशी मुद्राको सञ्चिति बढेपछि आयातमा लचक राष्ट्र बैंक

 सोमबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको छ । विदेशी मुद्राको सञ्चिति बढेपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको  हो। भारतबाट हुने आयातमा भारतीय रुपैयाँ ३ करोड रुपैयाँसम्मको एलसी खोल्न पाइनेछ भने तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने भएको छ। यस अघि ५० हजार अमेरिकी डलर बराबरको मात्रै एलसी खोल्न पाइने व्यवस्था थियो।  एक पटक सटही सुविधा प्राप्त गरेपछि सोही आयात तथा निर्यातकर्ताबाट ७ दिन पछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरेको हो।

 

एक लाख १३ हजार सुनको मूल्य

१६ साउन, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसा सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।आज छापावाल सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १४ सय ७५ रुपैयाँ तोकिएको छ ।

Get 2 Months FREE on Yearly Subscriptions -Vianet Launches Renewal Offer

[Kathmandu], Vianet Communication Ltd., Nepal’s one of the leading internet service provider, has introduced Renewal Offer for its valued customers. By renewing their yearly subscriptions for any Vianet Internet package, customers will receive a bonus of 2 Months FREE internet service. This limited-time offer is available until Ashadh 2080. Renewal Offer highlights Vianet’s commitment to customer satisfaction and appreciation for their support. Existing customers can save more while enjoying a seamless online experience.

Vianet is the first in the country to start bringing fiber internet to homes, to launch the first multi-gig internet service, and as an internet and IPTV service provider for the past 23 years, it is famous for its reliable service and active customer support.

To learn more about the Renewal Offer and other exciting promotions, please visit www.vianet.com.np

 

 

सेयर बजारमा उत्साहजनक वृद्धि

आज सेयर बजार ५७ अंकले बढेर २१८६.३६ को विन्दुमा उक्लिएको छ। सेयर बजार ५७ अंक बढ्दा आज लगभग ३ दर्जन लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। २३ वटा लघुवित्तका सेयरमा १० प्रतिशतले बढेको छ। लघुवित्तले ९ प्रतिशतको फराकिलो फड्को मार्‍यो। माइक्रोफाइनान्सले लिड गरेको बजारमा फाइनान्स र वाणिज्य बैंकका सेयर पनि उत्तिकै बढे। फाइनान्स साढे ४ प्रतिशत र वाणिज्य बैंक ४ प्रतिशत बढ्यो।

सेयर बजार बढयो

आज पनि सेयर बजार बदेको  छ। आज नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा आइपुग्यो। आइतबार बजारमा ६२ अंकको वृद्धि देखिएको थियो।आज पनि ५ अर्ब ३१ करोड माथिको सेयर कारोबार भएको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट अग्र स्थानमा छ। कम्पनीको ४२ करोड माथिको कारोबार भएको छ। यस्तै सोल्टी होटलको २७ करोड माथिको सेयर किनबेच भएको छ।यस्तै हिमालयन लाइफ इन्स्योरेन्स, बिपीडब्लु लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्यमा पनि सकारात्मक सर्किट देखिएको छ।

कोदो विश्वभरि चर्चा

आगामी आर्थिक वर्षको बजेटमा समेटिएको एउटा नारा छ- ‘रैथानेमा गर्व गरौँ।’ उक्त नाराका साथमा बजेटको बुँदा नम्बर- ८८ मा भनिएको छ, “…परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गरिनेछ।” कर्णाली प्रदेशलगायत विभिन्न स्थानका मार्सी, कागुनु, कोदो, फापर, जौ, लट्टे, सिमीलगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनीमार्फत् खरिद गरिनेछ।” अहिले पनि देशका विभिन्न भागमा कोदोजन्य बालीलाई ‘कुअन्न’ भन्नेहरू कैयौँ छन्। तर केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा कोदोजन्य बालीले पनि महत्त्व पाउँदै आएको छ।

आउँदो साउनदेखि लागु हुने नयाँ बजेटमा कोदोलाई पहिलेका तुलनामा केही “बढी” महत्त्व दिइएको अधिकारीहरूको दाबी छ। तर त्यस्तो महत्त्व नेपालमा मात्र दिइएको होइन किनभने उक्त बालीबारे अहिले विश्वभरि नै चर्चा भइरहेको छ। र, त्यसको प्रमुख कारण हो- संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ घोषणा गर्नु। राष्ट्रसङ्घको ७५औँ महासभाले सन् २०२१ मार्चमा यो वर्षलाई ‘कोदोजन्य बाली वर्ष’का रूपमा मनाउने घोषणा गरेको थियो। राष्ट्र सङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठनका अनुसार “कोदोको उपयोगिताबारे जागरुकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न” यस्तो घोषणा गरिएको हो। उसका अनुसार पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो ‘प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो। राष्ट्रसङ्घीय अभियानसँगै अहिले कोदो उत्पादन हुने राष्ट्रहरूले विभिन्न कार्यक्रम तथा योजना बनाएर कोदोजन्य बालीबारे प्रचारप्रसार गरिरहेका छन्। नेपालमा पनि सरकारले ‘कोदोजन्य बालीबारे’ जनचेतना जगाउने र प्रवर्धन गर्ने कार्य गरिएको अधिकारीहरू बताउँछन्। तर कतिपय विज्ञ भन्छन्- “कोदो बाली प्रवर्धनका लागि गरिएका काम खासै प्रभावकारी छैनन् र अहिले पनि यसलाई बेवास्ता नै गरिएको छ।”

सोलुखुम्बुमा लगाइएको कोदो

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढाव आउँदा  उच्च कारोबार भएको छ। आज ३ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नागरिक लगानी कोषको  ११ करोड ४७ लाखको सेयर कारोबार हुँदा मूल्य १८८.५ रुपैयाँ बढेको छ।  शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार हुँदा मूल्य १५ रुपैयाँ बढेको छ। आज सेयर बजारमा २१२ वटा स्टकको मूल्य बढेको छ।

सेयर बजारमा तीव्र उतारचढाव

आज सेयर बजारमा तीव्र उतारचढावआउँदा कारोबारमा सुधार देखिएको छ। सेयर बजार सूचक (नेप्से) ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा उक्लिएको छ। दिनभरीमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँको किनबेच भएको छ।हिजो मंगलबार बजार २५ अंकले बढेर १९२७ बिन्दुमा बन्द भएको थियो। बुधबार त्यो बिन्दुबाट २३ अंक बढेर १९५० बिन्दुसम्म पुगेको बजार त्यसयता निरन्तर तल आएको थियो। कारोबारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा छ। नाफा बुक गरेर निस्किने लगानीकर्ता बढ्दा आज यस कम्पनीको सेयर कारोबार बढेको छ।