WHO IS WHO RELEASED FORM CALIFORNIA

WHO IS WHO RELEASED FORM CALIFORNIA

NEPALI WHO IS WHO is written by well-known Nepali Journalist Kiran Marahatta. The book is released from California state university, California. The book carries the story of Nepali Immigrants and their core struggle and identities. The program was hosted by Dean Jit Joshi. The book was released from Vice president Gary Han, Dean Jit Joshi, Keshab Poudel and Rishi Dhakal. Kiran Marahatta is a renowned television journalist, Author and Documentary maker from Nepal currently based in New York. Marahatta, the General Secretary of Nepal America Journalists’ Association, is a senior journalist at ABC Television, a most successful news channel in Nepal.

This book, which is distributed by Sangrila Book America, can be purchased online – www.whoiswhonepali.com

अपांगमैत्री आकाशेपुल

पैदलयात्रुलाई सडक पार गर्न सहज होस् भन्ने उद्धेश्यले १२ करोड खर्चेर अपांगमैत्री आकाशेपुल
निर्माण गरेको हो। अति व्यस्त चोकहरूमा बाटो पार गर्दा हुनसक्ने दुर्घटनाको जोखिमलाई कम अपांगमैत्री आकाशेपुल निर्माण गरेको छ। बेलहीयादेखि बुटवलसम्म १० स्थानमा आकाशेपुल निर्माण गरेको छ। आकाशे पुलको निर्माण कार्य प्रयोग भने गरएको छैन ।
व्यापारिक मार्ग बिस्तार आयोजनाले प्रतिपुल एक करोड २५ लाख गरी कुल १२ करोड रूपैयाँको लागतमा १० स्थानमा आकाशे पुल निर्माण गरेको हो। बुटवल कालिकानगर र योगी कुटीमा त्यहाँका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी पुल निर्माण गरिए पनि सम्पुण् यात्रुहरुलाई बाटो पार गर्ने सहज हुने छ ।

Foods You Should Eat After Age 30

Unhealthy food is unhealthy at any age, but after we turn 30 our bodies become progressively less able to tolerate junk food. You may have already noticed that certain foods trouble you more than they used to. Or perhaps you are looking at the big 3-0 as a turning point after which you shouldn’t be as reckless with your health.
It’s smart to be thinking about this now. As you approach middle age, your risk of developing certain diseases also increases. Diet plays a huge part in the prevention of cancer, diabetes, and heart disease, so eliminating some of the bad stuff ASAP greatly increases your odds of staying healthy. Following are 8 foods you should never eat after turning 30. We often keep yogurt in the fridge as a healthy choice, but unfortunately the flavored varieties have a boatload of sugar in every serving – as much as 47 grams of it! That’s more added sugar than anyone should have in a whole day. The American Heart Association puts the guidelines at 38 grams/day for men and 25 grams/day for women.
Instead, buy plain or Greek yogurt and mix in fresh or dried fruit at home. Yogurt is great for your digestive health and by adding your own extras you’ll actually get the nutritional benefit of the fruit. Most flavored yogurts are way more artificial flavoring than real produce.

योगज्ञान र बिज्ञान आजको मार्गदर्शन – युगनाथ शर्मा पौडेल

 आजको बिश्व समाजमा अशान्ति र हाहाकार बढेको मात्र होइन एक मानबले अर्को मानबलाई दुश्मनको रुपमा हेरेर समाजलाई नै बिभाजित गर्ने सम्मका कामहरु पनि भइरहेका छन त्यो बिभाजनलाई रोक्नु हरेक मानबताबादीको दायित्व हो । त्यो दायित्व पुरा गर्ने एकमात्र माध्यम योग हुन सक्छ तर आजको दिनमा बिश्वका सरकारहरु समेत यो शान्ति स्थापनाको अभियानमा असफल भएको बेलामा यसबारे घनिभूत बहस कसरी अगडि बढन सक्ला ? यो एउटा चिन्ता हो । समाजमा एक प्रकारको आतंक निरन्तर देखिएको छ चाहे जुनसुकै कारणले होस आजको मानबले शान्ति प्राप्त गरेको छैन यो नै युगको सत्य हो । आजको भौतिकबादी समाजका मानिसहरुमा धेरै नै अस्वाभाबिक आशक्तिका लक्षण देखिएको मात्र होइनन चेतनाको अभावमा उनीहरु कुण्ठाग्रस्त जीवन बिताइरहन बिबश पनि छन । आजको यो अबस्थाले मानब सभ्यतामाथि नै प्रश्न उठाउने अबस्था आएको त होइन ? भन्ने सम्मका प्रश्नहरु पनि उठेका छन जुन अस्वाभाबिक होइन किनकि मानिसहरु भित्र देखिएको लोभ मोह अभिमान अहंकार क्रोधले कुनै भयानक प्रलय त निम्त्याएको होइन ? यो आशंका गलत होइन यसका आधारहरु पनि बन्दै गएको देखिन्छ । आजको दिनमा बिश्व समाजले उनीहरुको दिनचर्याको बारेमा सोच्ने हो भने किटान गरेर भन्न सकिन्छ समाजले परिबर्तन ल्याउन सक्ने थियो तर त्यो काम अब कठिन बन्दै गएको अनुभूति हुन्छ । आजको बिभाजित बिश्व जहा केबल बियोगै बियोग मात्र देखिएको छ त्यसलाई मन बचन कर्मले सुधार्ने हो भने ती सबै बियोगीहरुलाई योगमा अभ्यस्त गराउनु जरुरी हुन्छ । तर यो गहन जिम्मेबारीको बारेमा कसले सोचिदिने ? यो आजको चिन्ताको बिषय हो । त्यसो त योग बिज्ञान पूर्बीय सभ्यताको एउटा अमूल्य धरोहर हो । यसको उपादेयता आजको दिनमा मानब कल्याणकालागि छ भन्ने कुरामा अब बिबाद रहेन तर आजको भौतिकबादी समाज यसको भित्री रहस्यको बारेमा उतीसारो ज्ञानी छैन धेरै ठूलो जमात यो रहस्यको बारेमा अज्ञानी नै छ यो नै आजको तनाबको कारण हो । यो रहस्यमयी योगको इतिहास भारतबर्षका साधु सन्त र योगाचार्यहरुको देन हो भन्ने कुरामा कुनै बिमती रहेको छैन यसलाई सम्पूर्ण बिश्वले स्वीकार गरेको छ । योग एैतिहासिक भारतबर्षको बिश्वसमाजलाई त्यस्तो उपहार हो जसको साधनाले समाधीको तत्वज्ञान प्रदान गर्दछ , जुृन पूर्बीय सभ्यताको सुन्दर गहना हो । ।जहा आजको मानब योगको माध्यमबाट आत्मासाक्षात्कार गर्दै परमात्मको प्राप्ती गर्न सक्छ । तर आजका दिनमा यो तर्क गर्ने साधु सिद्धयोगीहरुलाई हेर्ने यो लौकिक समाजको चश्माले परलोकको बारेमा सोच्नृे आट गर्दै गर्दैन । योगको इतिहासले आजको दिनमा पनि हामीलाई पूर्बीय सभ्यताको सन्तानको रुपमा गौरब गर्ने अबसर प्रदान गरेको छ ।

त्यसो त पछिल्लो समयमा नेपालको छिमेकी मित्रदेश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अनबरत प्रयासले राष्टसंघको महासभाबाट जुन २१ लाई अन्तराष्टिय योग दिबसको रुपमा मनाउने जुन अनुमोदन प्राप्त भएको छ केही समय अगाडि त्यो आजको पश्चिमी दबदबामा पूर्बीय सभ्यताको बिजय हा,े त्यसकालागि भारतीय प्रंधानमन्त्री नरेन्द्र मोदी बधाइका पात्र छन । हिन्दु ग्रन्थका अनुसार हिमवत खण्डको देबभूमि हामी नेपाली जनताका लागि पनि यो उपलब्धी सामान्य कूरा होइन जहा भगवान बुद्धदेखि लिएर राजा जनक र सीताको जन्म भएको थियो ।
त्यसो त योगको बारेमा हाम्रा ऋषिमुनीहरुले धेरै कुरा भनेका छन तर पनि उनीहरुले आजको समाजलाई चार मुख्यमार्गको बारेमा उल्लेख गरेका छन । जुन हुन ध्यानयोग,भक्तियोग , कर्मयोग र ज्ञानयोग । योगमा यम नियमको साथै आहार सुद्धताका को बारेमा पनि उल्लेख गरिएको छ । यदि आहार सुद्धता भएको अबस्थामा स्मृति स्थिर हुन्छ र त्योबाटोबाटै मोक्षको उज्यालो आरम्भ हुन्छ । तर आजको दिनमा हामीले आफनो बारेमा सोचेका छैनौ र दिनभरको दौडधुपमा आफनो जीवन ब्यर्थमा बिताएका छौ । भगवानले हामीलाई इश्वरले पनि डाहा गर्ने मानब शरिर दिएर पनि हामीले त्यसको अर्थ बुझन नसकेको आजको अबस्था छ । परमात्माले हामीलाई दिएको अमूल्य शरिर कौडीको भाउमा बर्बाद गरेर जीवन बिताएका छौं । यो त्यसकालगि आएको शरिर थिएन । योगाचार्यहरुको मत अनुसार आजको मानबले महर्षी पतञ्जलीले दिएको अष्टाग योगको अभ्यास गर्छ भने उसले उसको जीवनमा त्यस्तो आत्मा साक्षात्कार गर्न सक्छ जहाबाट मोक्षको ढोका खुल्न सक्छ तर त्यसकालागि ध्यान एउटा अनिबार्य सर्त हो । योगी सन्त साधुहरुले योगका बारेमा जे बताएका छन त्यसलाई मन बचन र कर्मले निरन्तर साधना गर्ने हो भने उनीहरुलाई अलौकिक जगतको बारेमा पनि ज्ञान प्राप्त हुन सक्छ भन्ने कुरा स्वय सिद्धयोगीहरुको अमृतबाणीमा सुन्न पाइन्छ । कुनै पनि मानबले भगवानसंग आत्म साक्षात्कार हुनकालागि महर्षी पतञ्जलीको अष्टांग योगको पालना गर्नु जरुरी रहेको योगाचार्यहरुको निष्कर्ष रहेको छ । त्यसकालागि यम नियम आसन प्राणायाम प्रत्याहार धारणा र ध्यानलाई मुख्य माध्यम बनाएर नै हामीहरु समाधिस्थ हुन सक्छौ भन्ने उनीहरुको निष्कर्ष रहेको छ ।
योगाचार्य तथा साधुको मत अनुसार योगको लक्ष्य समाधी मार्फत मोक्ष प्राप्त गर्नु नै हो तर त्यो लक्षमा पुग्नकालागि लिइने बाटाहरु पनि धेरै प्रकारका छन ।योगरुपी मोक्षका बाटाहरु बिभिन्न देखिएका छन । जस अनुसार अष्टांगयोग, राजयोग, हठयोग,ज्ञानयोग, भक्तियोग, कर्मयोग , शरणागतियोग, समाधियोग, सिद्धयोग,अस्पर्सयोग, लक्षयोग, शिवयोग, भृगयोग, तारकयोग, श्रृजुयोग,जपयोग,बुद्धियोग,ध्यानयोग,प्रेमयोग,बिरहयोग मृत्युञ्जय योग, पूर्णयोग, हुन । यो क्रमलाई अझ अगाडि बढेर भन्नु पर्दा लययोग हठयोग राजयोग र तन्त्रयोगको समष्ठि रुप महायोग आजको युगमा पनि अस्तित्वमा रहेको छ । त्यसैले आजको दिनमा भौतिकबादी समाजले पनि यो सत्यलाई स्वीकार गर्नु पर्छ कि उनीहरुको सम्पूर्ण मुक्तिको बाटो बैराग्य अबस्थाको योग हो जहाको एउटा सानो प्वालबाट उनीहरुले संसार चियाउन सक्नेछन ।
त्यसो त भगवान कृष्णले गीतामा अर्जुनलाई योगको मर्म सम्झाउनु भएको मात्र थिएन त्यहा त्यसको रुपको ब्याखा पनि गर्नु भएको थियो । भगवान कृष्णले अर्जुनलाई भन्नुभयो हे अर्जुन जुन ब्यक्तिले योग वा साधनाको माध्यमले आफनो अन्तकरण जितेको हुन्छ र जसका सबै कामनाहरु शान्त भइसकेका हुन्छन उसलाई परमात्मा उ भन्दा पृथक र पर हुनुहुन्छ भन्ने लागेकै हुदैन । जसरी सबै कस निस्किएपछि शुद्ध सुन आफनो वास्तबिक स्वरुपमा रहन्छ त्यस्तै संकल्प बिकल्पको झगडा सकिएपछि स्वयम जीव नै परमात्मा हुन्छ । जसरी घैलो फुटेपछि घैलोभित्रको आकाश र बाहिरको आकाश एक अर्कासित मिल्न कतै जानु पर्दैन , त्यस्तै जसको मिथ्या देहाभिमान बिल्कुल नष्ट भएको हुन्छ उसलाई परमात्मा हुन केही गर्नु पर्दैन । उ त योग र साधनाको अन्तरचेतनाले पहिलेदेखि नै परमात्माको चेतनाले भरिएको छ । किनभने परमात्मा नै सर्बत्र ब्यप्त छन । गीतामा भगवान कृष्णका अनुसार त्यस्ता ब्यक्तिलाई चिसो तातोको प्रभाव , सुख दुखको बिचार वा मान अपमानको कुराको चासो नै हुदैन । जसरी सुर्य हिडेको बाटोमा प्रकाश भरिदै जान्छ त्यसरी नै त्यस्ता ब्यक्तिले उनीहरुलाई जे प्राप्त भएपनि त्यो उसैको अर्थात परमात्माको रुप ठान्छन । अर्थात त्यो परामात्माको रुप नै हो भनेर सोच्छन । भगवान कृष्ण गीतामा अर्जुनलाई अगाडि भन्नुहुन्छ  ।  साभार :असन बजार पत्रिका

Air Partner delivering humanitarian

Air Partner’s Freight team has been extremely busy in 2018, delivering relief goods and humanitarian aid to those in need across the globe. Missions included flights between Europe and Libya, Yemen, Central Africa, as well as between various African countries and from the US to the Mariana Islands in the Pacific. A large bulk of this activity took place during this year’s typhoon season and in response to Typhoons Mangkhut and Yutu, for which Air Partner coordinated the transport and delivery of more than 2000 tons of relief cargo from the US to Guam and Saipan in the Northern Mariana Islands.

In September, Air Partner was contacted by Radiant Global Logistics to assist with the safe and speedy delivery of supplies to Guam in preparation for Super Typhoon Mangkhut. Air Partner carried out a number of flights on AN-225 and AN-124 aircraft to help move urgent relief supplies, including water and meals ready-to-eat (MRE).

Wiley Knight, director of Humanitarian Aid for Radiant Global Logistics, commented: “Through the support and quality of service that Air Partner provides, we were able to successfully complete these projects within 24 hrs after the storm passed. Our partnership and the absolutely essential understanding of rapid response is exactly what we needed to fulfil our missions.”

The following month, in the wake of Super Typhoon Yutu, Air Partner was tasked with delivering a wide array of aid supplies and heavy-duty equipment to rebuild the island of Saipan. The team mobilized quickly and successfully completed more than 30 flights in less than 30 days using AN124 and B747F aircraft.  Flying cargo to this remote location was particularly challenging, and due to the size of the relief effort plus the volume of flying conducted, Air Partner stationed a member of its team on the island of Guam to personally co-ordinate the organisation, delivery and upload of all cargo from the appointed freight forwarder of the Federal Emergency Management Agency (FEMA) in a timely manner, without delay. This enabled Air Partner to deliver the most efficient cargo charter service to its client at this critical time.

Mike Hill, Director of Freight at Air Partner, said: “In times of crisis, we are the trusted partner for a wide range of clients. During a year of such devastating natural disasters, my thanks goes to the Freight team for their tireless efforts to get much-needed aid to those desperately in need, as quickly as possible.”

चाहनाको चुल्ठो, भावनाको पुल्ठो

क्वाँटी निबन्ध सङ्ग्रह  – विनोद मन्जन  – प्रकाशक – गायत्री विष्ट

चाहना चुकुल हो । चुक्ली पनि यसको मित हो । चाहनाको चुकुल र चुक्ली बुझ्न नसक्नेहरुले सुकुल र फजुल छुट्याउन सक्दैनन् । भावनाको भकारी हुन्छ र चाकरी पनि । भावनाको भकारी र चाकरी खुट्याउन नसक्नेहरुले भिखारी र शिकारी चिन्न सक्दैनन् । म घोत्लिन्छु । म सोचमा डुब्छु । चिन्तनमा रमाउँछु । नौटङ्की देख्दा रिसाउँछु । फेरि चाहना र भावनालाई मिसाउँछु । चुल्ठो र पुल्ठो सल्काउने कि बाट्ने ? पुनः चुर्लुम्म हुन्छु चिन्तनमा ।
म मेचीको कन्काईको चञ्चलता बोकेर सिरेटो छिचोल्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छु । महाकालीको गाम्भीर्यता लिएर हुस्सु र कुहिरोको चिसो दहमा पौडने आँट गर्दछु । राजधानीको कहाली लाग्दो प्रदूषणमा पनि पौठेजोरी खेल्ने हिम्मत राख्छु । म शीतमा शीतलता भेट्छु । तुसारोमा तुक देख्छु । हिउँमा बिउ देख्छु । सरल हिमाल मन पराउँछु । टाकुरामा पनि अङ्कुरा उम्रन्छ भन्ने ठान्दछु । चुली चुलीमा पनि मिलिजुली बस्ने कुरा सोच्दछु । म तरेली र परेलीमा बयली खेल्न ज्यादै मन पराउँछु ।
अनुशासन सेती झैँ लुक्नु हुँदैन, खहरे खोला झैँ सुक्नु पनि हुँदैन । यो त माछापुच्छे« र सगरमाथा जस्तै आकर्षक र टक्रक्कै देखिने सफेद पहिचानको हुनु पर्दछ । बौद्धिक क्षमता र वैचारिक ज्ञान पातले छाँगो झैँ रहस्यमय र सिल्करोडको यात्रा झैँ कठिन हुनु हुँदैन । यो त सूर्य किरण जस्तो सबै ठाउँमा एकै किसिमले परेर ताप दिने हुनु पर्दछ । सिर्जना क्षमता लवाइ खवाइमा र आलोचनामा मात्रै होइन, बानी व्यवहार र यथार्थमा हुनु पर्दछ । कार्य कुशलता कुना कुनामा गुना गर्ने विवेकसित होइन, छिना झम्टीमा उपायको ‘प्याकेज’ दिने विवेकीसँग पो हुन्छ । प्यारो बन्ने माध्यम घुमाउरो धापलाई बनाउनु हुँदैन, व्यावहारिक छापलाई बनाउनु पर्दछ । चाहनाका खात लाग्छन् । चाहनापूर्तिका क्रममा जित हुँदा अनुहारमा मात देखिनु हुन्न । हारका समयमा मुहारमा रात पनि पर्नु हुन्न । सामाजिक आहातमा राहतको व्यवस्था होस् वा राजनैतिक विपतमा जनताको अभिमत नै किन नहोस् । समय सापेक्ष गतिशीलता अपरिहार्य हुन्छ । गतिशीलता न कसैको छिर्केनीमा ढल्छ, न कसैको आक्रोश र आवेगमा रोकिन्छ । यो त अविरल हुनु पर्दछ परिवर्तनका लागि । सबै सहभागी हुन सक्ने सरल हुनु पर्दछ । फेरि पनि गतिशीलता न हाँसको चाल न कुखुराको चालको हुनु हुँदैन । छल मिसिएको गतिशीलताले बलिदानीपूर्ण परीक्षाहरुमा फेल बनाउनु नौलो होइन, बलले धकेलिएको गतिशीलतामा झेल देखिनु पनि कुनै अचम्मको कुरा होइन । नौलो र अचम्मको कुरा त मेलसँगैको गतिशीलतामा हुने स्वार्थपूर्ण चलखेल पो हुन्छ ।
ग्रामीण गोरेटाहरु रूपान्तरणका गतिका प्रतीक्षामा छन् । सहरी सडकहरु सभ्यताको र संस्कृति निर्माणको आशामा टोलाएका छन् । समानताका सनातन भनाइ मूच्र्छित हुने अवस्था बनि सकेको छैन । अझै कति हिमाली चेलीहरु झुमा बनेर चलनको सीमा नाघ्न सकि रहेका छैनन् । त्यो पीडामा हिउँ विक्षिप्त बन्यो होला, हिमाल झोक्रायो होला तर चेलीहरु परम्पराको ठिङ्गुरामा बाँधिए झैँ देउकी बन्न विवश छन् । परम्परा थाक्ने बेला भइ सक्यो होला, संस्कृति रोइ सक्यो होला । परम्परा चिराचिरा बन्ने छाँट देखिँदैन । सभ्यताको आवश्यकता महसुस गर्ने काठमाडाँैँमै पनि कुमारीको नाममा छोरीहरुका चाहना निमोठिएको छ । भावना भाँचिएको छ । सभ्यता पनि झस्की सक्यो होला । तैपनि सभ्यता पुग्न सकेको छैन बाध्यतासम्म । यसर्थ संस्कृतिको आकृति बदल्नका लागि विकल्पको अति नै आवश्यकता पर्दछ । चलनलाई सकारात्मक बनाउनका लागि एक आपसमा मिलनमा अभियान सञ्चालन गर्नु पर्दछ । परम्पराको प्रचलनलाई उपयोगी बनाउन नयाँ सिराबाट सक्रिय हुनु पर्दछ । सभ्यताको आवश्यकतालाई वास्तविकतासित जोड्नु पर्छ ।
पहाडी छोराहरु लाहुरे बन्न बाध्य छन् । बहादुरको जिन्दगी बिताउन विवश छन् । आदिवासीहरु भर्तीका लागि विदेशिएका छन् । राजधानीकै कति नेपाली छोराहरु फोहोरमै जन्मन, हुर्कन र मर्नबाट छुटकारा पाउने अवस्थामा छैनन् । अर्थात् नेपाली जन जीवन सङ्कटग्रस्त छ । मुक्तिको जुक्ति निकाल्नु पर्ने शक्तिहरु मस्तीमा छन् । गर्नु पर्ने जनताको भक्ति, उल्टो पो भएको छ ।
जन चाहना स्वास्थ्य, शिक्षा र सुरक्षामा निर्लिप्त छ । आधारभूत आवश्यकताको परिपूर्तिका लागि चाहना राख्नु बढी होइन । यद्यपि चाहना महत्त्वाकाङ्क्षी हुँदै हुँदैन भन्ने चाहिँ होइन । चुलो चिसो बनाउनेलाई धुलो बनाउने चाहना, गरिबीको सर्जमिन गर्ने आङहरुले स्वाङ पार्नेहरुका टाङ खुस्काउने चाहना, झुपडीहरुको खुपडी खाने कपटीहरुलाई फिटीफिटी पार्नु पर्दछ भन्ने चाहना परिवर्तनका मसला हुन् । अर्थात् गाँस, कपास र बासका चाहना स्वाभाविक चाहना हुन् । स्वाभाविकतालाई अति ठान्नु भनेको खतिको बाटो समात्नु हो । दासत्वबाट मुक्ति खोज्नु अन्यथा होइन, यसबाट पर भाग्नु मनासिव पनि छैन । पलायनको बाटो रोज्नु कुनै पनि मानेमा न्यायोचित तरिका होइन, यसले जन चाहनालाई घायल बनाउँछ ।
निराशाको पक्ष पोषण, वितृष्णाको शृङ्खलामा सामेल स्वागत योग्य कुरा होइन । आरोप लगाउनका लागि गरिने पूर्वाग्रही चाहनाको जलपले वास्तविक चाहना लोप गराउँछ । विसङ्गतयुक्त चाहनामा सकारात्मक पाटो खोज्नु खोटो तरिका हो । मोटो बुद्धिले छोटो कार्य गर्न प्रेरित गर्छ । मोटो बुद्धिको चाहना पनि नकारात्मक हुन्छ । अर्थात् खोचे थाप्ने र वितृष्णा थप्ने सबै नकारात्मक चाहनाको कोटिमा पर्दछन् । त्यसो त हरेक विषयमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । विवेकीहरुले सकारात्मक पाटो समात्छन् । चिन्तनशील विवेकीहरुले पक्ष पोषण गर्दछन् । स्वाभाविक रूपमा जन चाहना उच्च हुन्छन् । हुनु पनि पर्दछ ।

Binod Manjan of thepowernews
युवा साहित्यकार बिनोद मन्जन,
तस्विर ः दि पावर न्युज डट कम

शासकको पनि आफ्नै चाहना हुन्छ । कुनै पनि बहानामा सत्ता जोगाउने । राम्रा राम्रा कुरा गरेर चाम्रो चाम्रो भएर धोकाको छुरा हान्नु र स्पष्टीकरणमा चरण चरणको विज्ञप्ति निकाल्नु शासकको विशेष चाहनायुक्त गतिविधि हुन् । थोरै गर्ने धेरैको प्रचार गर्ने सधैँ आफ्नै मात्र दरकार देख्ने, जन चाहनाको सरोकारमा कम ध्यान दिने गैरजिम्मेवार सरकारको अर्को विशेषता हो । व्यक्तिगत सम्पन्ताका लागि कैयौँलाई विपन्न पार्न पछि नपर्ने दोष अरूमा सार्न बेर पनि नमान्ने शासकीय चाहनाले भावना घायल पार्छ । समस्या टार्नु पर्नेमा बल्झाउँछ । त्यसो त नेतृत्वको विवेक अनुसार राम्रा कार्यहरु पनि हुन्छन् । चाहनाको प्रतिनिधित्व पनि हुन्छ । सबै हारगुहार र मिलेमतोमा जुन बेला पनि अत्तो थाप्नेहरुको सातो जान्छ । भरी हातलाई पनि रित्तो देख्नेहरु, कालोलाई सेतो भन्नेहरुलाई व्यवहारले जवाफ दिनु पर्दछ । व्यवहारले जवाफ दिनेहरु हावामा कावा खाँदै, कवाफमा रवाफ देखाउन मस्त हुनु हुन्न । पन्छाउने र पन्छने परम्पराबाट विकल्प दिने अनि नेतृत्व लिने मानसिकताका साथ अगाडि बढ्नु पर्दछ शासक ।
मेरा चाहनाका गति आफ्नै खालका छन्† आफ्नै तालका छन् । छलका विरोधी, आवश्यकताका पक्षपाति । म चिन्तनमग्न हुन्छु । चिन्तनमा सफलताको शिखर चुम्छु । आफै आफ्नै विवेकी संसारमा रम्छु । फेरि वास्तविकतामा झर्छु । व्यक्तिगत चाहनालाई सामूहिक चाहनाले थिच्छु । अवरोधलाई ह्याकुलाले मिच्छु भन्ने ठान्दछु । मान्नु पर्नेलाई हान्नु पर्ने देख्छु । तान्नु पर्नेलाई फाल्नु पर्ने देख्छु । फोहोरले फोहोर पखाले पनि फोहोर नै हुन्छ भन्ने कुरा सम्झन्छु । चाहना पनि मन जत्तिकै छिटो पो छ त । म कहिले मेरा चाहनाहरुलाई परिवारसित जोडेर हेर्छु । कहिले परिवारलाई तोडेर हेर्छु । व्यक्तिगत हितसित मित लगाउने चाहनाले पनि पकड जमाउँछ । जब यसलाई थप्पड दिन्छु अनि सामूहिक चाहनाको पहिचान देखिन्छ । चाहनामा चुर्लुम्म डुबेर मात्र हुँदैन, भावनामा व्यावहारिक पनि हुनु पर्दछ । व्यावहारिक चाहना नै उन्नत हुन्छ । जन भावना पनि सकारात्मक, नकारात्मक दुबै पाइन्छ । श्रमदान गरेर विकासको क्रम निरन्तर बनाउने । कम काम गरेर बढी दाम लिएर म जत्ति पनि जिम्मेवारी बोध नगर्ने, शोध खोजको समयमा निदाउने, निदाउने समयमा जाग्ने । जिम्मेवारीबाट भाग्ने कुराले संसारै ढाक्ने । आवश्यकतालाई आवश्यक बनाउन सक्रिय नहुने, अनावश्यक विषयमा चन्द्रमा छुने । सामाजिक गतिविधिलाई आत्मसात् गरेको भावनाले ज्ञानको आँखी झ्यालबाट महान् महान् योजनाको प्रारूप तयार गर्न सक्छ । चेतना गतिशील हुँदा विचारका पर्रा छुट्छन् । जन भावनामा जनताकै सक्रियतामा तयार हुने योजनाहरु सफल हुन्छन् र समय सापेक्ष पनि ।
सरकारका सवलामा पनि सकारात्मक र नकारात्मकतालाई अलग गरेर हेर्न सकिन्न । जन चाहना पूर्तिमा मरिमेट्नेदेखि जन थिचाइमा फुर्ति गर्नेसम्म, जन वेदनामा चेतनाको प्रयोग गर्नेदेखि जन सम्बन्धमा लक्ष्मण रेखा कोर्नेसम्म सरकारमा हुन्छन् । निश्चित दर्शनलाई आत्मसात् गर्ने सिद्धान्तको परिपालन गर्नेहरुको सही परिचालनले मात्र उपलब्धि हात लाग्छ । समाज परिवर्तनको अभियानमा लाग्दा जात जान्छ भन्ने ठान्नेहरु सरकारका हर्ताकर्ता भएपछि शासन सत्ता व्यक्ति केन्द्रित बिर्ता बन्छ । यसले न जनताको मन छुन्छ, न राष्ट्रको धन नै जोगिन्छ । चाहना, भावनाको समन्वय गर्न नजान्नेदेखि तृष्णालाई पनि वितृष्णाकै कोटिमा राख्नेसम्म, मनोभावना अनुसार अगाडि बढ्नेदेखि जन चाहना बुझ्नेसम्म सत्ताको भत्ता खाइ रहेका हुन्छन् । शासक भ्रष्टाचारको पोषक होइन, भक्षक हुनु पर्दछ । भावनालाई चाहना अनुकूल बनाउन चेतनाको चरम विकास हुनु पर्दछ । चेतनाले नै समाजको वास्तविक तस्बिर उतार्न सक्दछ । वास्तविक आवश्यकता पहिचान नै समस्याको आधा समाधान पनि हो । समस्या समाधानमा सफलता पाउनेहरु अपमानको अश्रु ग्यासमा रुमलिनु पर्दैन कहिल्यै ।
मेरा भक्कानिएका भावनाको भकारी चाकरीका निमित्त होइन । कसैको स्वार्थपूर्तिको पुल पनि होइन र हतियार पनि । म बहकिएर पखेटाविहीन बन्न पनि चाहन्न, भावुकतामा दयाको लड्डु खान पनि चाहन्न । किनकि म दयाको लड्डुमा डाँडुमा पानी तताउने कुरा सम्झन्छु । म भावनाका भुल्कालाई गीतमा प्रस्तुत गर्छु

हिमाल र टाकुराको चुली टेकेर
तरेली र परेलीमा बयली खेलेर
सबै मन बराबर हुने बनाऔँ संसार ।
फुलैसित मन साटी बनाऔँ फुलै फुल
हुलैलाई सचेत पार्न मिलौँ मिले झैँ फुलै फुल
सबै जना बराबर हुने बनाऔँ संसार ।
एकैनास भएदेखि सबैको रमाइलो र खुसी
भाइचारा र मित्रताको पाथी हुन्थ्यो झुसी
जाँदैनथ्यो कतै खेर लौ न पसिनाको मसी ।
मायाको डोरी लौ है लामो बाटेर
मनैसित फुल, फुलैसित मन साटेर
सबै मन बराबर हुने बनाऔँ संसार ।

म पनि सामूहिक भावनाको एक प्रतिनिधि पात्र मात्रै हुँ । प्रत्येक गतिविधिले प्रतिनिधित्वलाई व्यावहारिक पुष्टि गर्नु पर्दछ । पुष्टिका लागि दूरदृष्टि आवश्यक हुन्छ । दृष्टि सही हुनका लागि आत्म विकास अनिवार्य हुन्छ । अन्यौलबाट निकास दिने कुरा खास कुरा हो । हावामा महल बनाउने कल्पनाको बेजोड उडानमा हराउनेले भावनाको पुष्ट्याइँ गर्न सक्दैनन् । अर्थात् भावनाको प्रतिनिधत्वि पनि । भावना आफैमा एउटा योजना पनि भएको हुनाले भावनामा सच्चाइका पक्षहरु पाइन्छन् । सच्चाइलाई नजरान्दाज गर्नु दुर्गतिको सङ्केत हो । म जहिले पनि आशावादी भावनाको पक्षमा उभिन्छु र वकालत गर्छु ।
साँझ साँझ नसामा डुबेर जान पहिचानका माँझ साज देखाउने होइन, साँझ पनि आदर्श देखाउनु पर्दछ । हरेक पक्षका सकारात्मक पाटोलाई आत्मसात् गर्नु पर्दछ र नकारात्मक पाटोलाई अनुशरण गर्नुको साटो, माटोमा मिलाई दिनु पर्छ बाटो सुगम बनाउनका लागि । जन चाहनाको चापमा शासकले टाप कस्नु, शासकको रापले म साँप हुनु फेरि पनि आफ्नै छापमा अस्तित्व खोज्नु एकै होइनन् । अस्तित्व व्यक्तित्वले जोगाउँछ । व्यक्तित्वले जन जनका मनलाई प्रभावित गर्छ । प्रभावले सङ्कट टार्छ ।
जन चाहनाको राम्रो र नराम्रो दुई पुला शासकको पनि सकारात्मक र नकारात्मक दुई पुला (आँठो) मेरा चाहनाका पनि आशावादी र निराशावादी दुई पुललाई सकारात्मक तिन पुलाको एउटा चुल्ठो बनाउने, नकारात्मक तिन पुलाको अर्को चुल्ठो बनाउने र भावनाका पनि जन चाहना, शासक र मेरो सापेक्ष भावनाको एउटा चुल्ठो बनाउने अनि निरपेक्ष भावनाको अर्को चुल्ठो बनाउने । त्यसपछि सकारात्मक चुल्ठोको रक्षा भावनाको पुल्ठोले नै गर्ने र नकारात्मक चुल्ठोको अन्त्येष्टि पनि त्यही पुल्ठोले गर्ने चाहनालाई एकीकृत गर्नु पर्दछ ।
चाहना र भावनालाई एकगठ गर्नु पर्दछ । चुल्ठोलाई एकताको प्रतीक, पुल्ठोलाई उज्यालोको प्रतीक मान्नु पर्दछ । चाहनाको चुल्ठो र भावनाको पुल्ठोलाई रक्षक र भक्षक दुबै रूपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग खुकुरीको धारमा हिँडनु जत्तिकै हुन्छ र जहिले पनि सकारात्मक ढङ्गले अघि बढ्ने गतिविधिले रसमय वातावरण बनाउँछ समयको क्रममा ।

जुनि जुनि अर्को जुनि पनि यहि देश देख्न पाउ – एच. के. धिताल 

मुक्तक:-२

एक मुठ्ठी सास रहे सम्म यहि देश जप्न पाउ 
एक पल पनि चले हात यहि देश लेख्न पाउ 
गर्व साथ छाती फुलाउछु सगरमाथा शिर यो
जुनि जुनि अर्को जुनि पनि यहि देश देख्न पाउ 
(नेपाल मुक्तक प्रतिस्ठानद्वारा प्रकाशित संयुक्त मुक्तक सङ्ग्रह “माधुर्य” मा प्रकाशित )

Far Apart- a new day

As they say, it’s a small world. Even in teamwork, we are given all the space and leeway to estimate individual costs and benefits. There is less baggage. It becomes less personal. We don’t share fully with one another. So we are closer yet as far apart as we can make it while together. Goodbyes are less frequent and said less. Even more so with SNS and all the craze these days and yet, we think and feel farther apart from one another. We are bound to have an introduction and individual preparation before even making decisions. Some would say that there is no practice in life and yet they’ve had all the preparation previous generation wish they had growing up.

Some things are better not said yet everybody is aware of what was said. As long as most everyone can tolerate, what happened is agreed upon. Not everything needs to be disclosed. If one or few needs to suffer out of necessity, so be it. Human society as usual. Some say they learned more in the last twenty years than in the last two hundred years. Would the last twenty have been possible without the two thousand building slowly from scratch? We are pressing buttons, regurgitating what we’ve been fed. What we say or do has been done before by those who have gone before us. Technology and cast of character may be different but the same basic human story unfolds again and again. It is best to keep to oneself in most matters. Say something and it becomes a waste. It used to be that you can make mistakes and share. You could cry or sing or shout with one another but not as often these days. We seem to be closer but we are not. We are as far apart as we can be from one another.

७ रोपनीभन्दा बढी क्षेत्रफलमा गाँजा फडानी

दुव्र्यशनीलाई घटाउन प्रहरीले ७ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएका गाँजा फडानी गरेको छ । स्थानीयले भने गाँजा खेती आफुले गरेको नभई आफै उम्रने गरेकोे बताएका छन् । बिहीबार जिल्ला सदरमुकामस्थीत सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ रमाईलोडाँडा र वडा नम्बर ८ सल्लेरीबाट मकैबारीभित्र लगाईएका गाँजा फडानी गरेको छ ।स्थानीयले गाँजा खेती नगरेको बताएपनि  प्रहरीले प्रश्स्त मात्रामा खाजाँका बोट फेला पारेको छ ।  प्रहरी प्रमुख शर्माले आगामी दिनमा जिल्लाका सबै स्थानमा पुगी लगाईएका गाँजा फडानी गरिने बताएका छन् । 

नेकपामा गुट उपगुटको निकै पृथक चर्चा : दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन् ।
अध्यक्ष दाहालले संगठन हिसाबले मात्रै ठूलो पार्टी बनाउन पार्टी एकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्धिको स्वार्थ जोडिएको जनाए । उनले विगतमा भएका पार्टी एकताभन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अब देशले निकास पाउने दाबी पनि गरे । उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छूट कसैलाई नभएको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ढिकुरपोखरीले नै जन्माएको र ढिकुरपोखरीमै मर्ने बताएका छन् । पार्टी एकताअघि तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले नेपालको विगतको विकासको विश्लेषण गरेको जानकारी दिँदै दाहालले एकतालाई, एकता हुनुपूर्व भएका प्रदेश र संघको चुनावी परिणामले अनुमोदन गरेको पनि बताए ।