टानमा दाहाल बने अध्यक्ष

१३ कात्तिक, काठमाडौं :  टानको आइतबार सम्पन्न निर्वाचनमा  अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) कोआइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नवराज दाहाल विजयी भएका हुन् । वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले ३३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ प्राप्त गरे ।  निर्वाचन समितिले दिएको जानकारी अनुसार, वाम गठबन्धनबाट अध्यक्षसहित पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन । टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो ।  नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ ।

Spread the love