बस र ट्रक जुध्दा चालक सहित २ को मृत्यु

धादिङ — मुग्लिनबाट काठमाडौं आउदै गरेको ना६ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट गौर जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आपसमा ठोक्किँदा २ को मृत्यु  भएको छ । ट्रक चालक ललितपुर निवासी ३२ वर्षीय मनोज डंगोलको घटनास्थलमै मृत्यु भएको छ  र  बसमा यात्रु गर्ने अन्दाजी १२ वर्षीया बालिकाको पनि मृत्यु भएको छ ।  उक्त दुर्घटनामा थप ५ जना पनि गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

Spread the love